Badi Malika Temple

Most Beauty Full Place

Bajura 2

Hamro Malika

Badi Malika Darshan 2069

Bajura's Most Peace full and best place and also beauty full temple. Badimalika Darsan,Sawan 18th

Badimalika Darshan 2069

Hamro Malika is One of the most wanderfull place to traveling. Neturally so much beautyfull - www.hamromalika.co.cc

5 title

555555555555555555555555555555555

Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, August 16, 2012

जुम्लामा एक महिना मै १५ लाख राजश्व


भदौ, जुम्ला । करदाता सेवा कार्यालय जुम्लाले आव ०६९/०७० को साउन महिनामै १५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । वि. सं. २०६८ मा स्थापना भएको सो कार्यालयले गत साउन १ गतेबाट पूर्णरुपमा काम थालेको हो ।
दैनिक ५० हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन हुने सो कार्यालयमा हिमाली परियोजना जुम्ला आए यता अधिकतम् व्यवसायीले पान नम्बरका लागि यसै महिनामा ६० भन्दा बढी फाइल पेस गरेका कार्यालयका कर अधिकृत डिवी क्षेत्रीले जानकारी दिनुभयो । अधिकृत क्षेत्रीले मुलुकमा पहिलोपटक कर्णालीवासीले घोडा तथा भेडापालनका लागि पनि पान नं. लिएको बताउनुभयो ।
जुम्लामा अहिलेसम्म २ सय ५० जनाले आयकर बुझाएका छन् भने मूल्य अभिवृद्धितर्फ ५० भन्दा बढी करदाताले बक्यौता कर बुझाएका छन् । सो कार्यालय स्थापना भएपछि कर्णालीवासी अब कर तिर्न र पान नं. लिनका लागि आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

Tuesday, August 7, 2012

गाउँलेको सक्रियतामा दुईसय किलोवाट विद्युत् उत्पादन

२४ साउन, बागलुङ । बागलुङको दुर्गम बोहोरागाउँमा गाउँलेले आˆनै सक्रियतामा लघुजलविद्युत् आयोजना निर्माण गरेका छन् । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाबाट दुईसय तीन किलोवाट विद्युत् उत्पादन गरिएको छ । बोहोरागाउँ-५ का बासिन्दाले दुई वर्ष लगातार श्रमदान गरेर एउटै नहरबाट ल्याएको पानीबाट दुइवटा ‘पावर हाउस’ निर्माण गरी दोब्बर विद्युत् उत्पादन गरेका हुन् । उक्त आयोजना सम्पन्न गर्न तीन करोड रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । जिल्लाको पहिलो पावरहाउसमा १ सय २३ र दोस्रोमा ८० किलोवाट विद्युत् उत्पादन भएको पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रसारणलाइन पुग्न वर्षौ लाग्ने उक्त स्थानमा गाउँले आफै सक्रिय भएर आयोजना निर्माणमा लागेपछि अहिले गाउँ नै झिलिमिलि बनेको छ । विद्युत् आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी)ले सहयोग गरेका थिए । आयोजनका लागि प्रतिकिलोवाट ८० हजार वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले सहयोग गरेको थियो भने प्राविधिक सहयोग डिसिआरडिसीले गरेको हो ।

‘क्यूरियोसिटी’ मंगल ग्रहमा अवतरण


२२ साउन, काठमाण्डौ । 
मंगल ग्रहमा जीवनको खोजीमा नासाको अभियान अन्तरगत रोवर्ट ‘क्यूरियोसिटी’ मंगलबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरिएको छ । साढे ८ महिनाको समयमा ३ सय ५२ मिलियन माइल यात्रा तय गर्दै ‘क्यूरियोसिटी’ नेपाली समय अनुसार विहान सवा ११ बजे मार्समा अबतरण भएको हो ।
स्काईक्रेनमार्फत स्पेसक्राफ्ट मंगल ग्रहमा ल्याण्ड गरिएको थियो । अब मंगल ग्रहको तस्वीर समेत प्राप्त हुन थालेको नासाले जनाएको छ । यसबाट प्राप्त हुने तथ्यका आधारमा मंगलग्रहमा जीवन सम्भव भए नभएको पत्ता लाग्ने बताइएको छ ।
नासाका अनुसार क्यूरियोसिटीले मंगल ग्रहको सतह छुए लगतै उसँग जोडिएको तार काटेर अलग गरिएको थियो । क्यूरियोसिटीको मगल ग्रहमा अवतरण गराउनु एक महत्वपूर्ण उपलब्धी थियो, किन भने यसलाई सम्भव बनाउन २१ हजार २ सय ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा मंगल ग्रहको जलवायुमा प्रवेश गराउनु थियो । त्यसमा सफलता पाएसँगै क्यूरियोसिटीले मंगल ग्रहको बायुमण्डलमा प्रवेश गरेको थियो ।
क्यूरियोसिटी कुनै पनि जीव तथा जीवास्मा खोज्न त असक्षम छ तर, यसले मावन जीवनका लागि उपयोगी तत्वहरु कार्बन, नाइट्रोजन, फस्फोरस, सल्फर र अक्सिजनको खोजी गर्नेछ ।
के हो क्यूरियोसिटीः ६ खुट्टा भएकोक्यूरियोसिटीको तौल ९ सय किलो छ । ३ मिटर उचाई भएको यसको गति औसत ३०मिटर प्रति घण्टा छ । यो रोवर्टले मंगल ग्रहमा २ वर्षसम्म काम गर्ने छ । उक्त समयमा क्यूरियोसिटीले कम्तिमा १९ किलोमिटर दुरी पार गर्नेछ । यो रोवर्टलाई नासाले २६ नोभेम्बर २०११ मा केप क्यानेवरल स्पेस स्टेशनबाट एटलस-५ नामक रकेटबाट प्रक्षेपणगरेको थियो । मंगलग्रहमा रेडियोआइसोटप जेनेरेटरबाट प्राप्त हुने विजुलीले चल्नेछ भने इन्धनका रुपमा प्लूटोनियम-२३८ को प्रयोग गरिएको छ ।

टेलिकमले एनसेलमा ‘कल फरवार्ड’ रोक्यो



'माइ न्यू नम्बर' योजना अलपत्र

२३ साउन, काठमाण्डौ । एनसेलले प्रतिस्पर्धी दूरसञ्चार कम्पनीका ग्राहक तान्ने अभियान थालेपछि नेपाल टेलिकमले एनसेलका लागि कल फरवार्ड सुविधा काटेको छ ।
टेलिकम स्रोतका अनुसार एनसेलले टेलिकमका पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताको नम्बरसँग मिल्ने नम्बर दिने एनसेलको ‘माइ न्यू नम्बर’ योजनाका लागि एनसेलले कलफरवार्ड सुविधाको दुरुपयोग गरेपछि टेलिकमले आफ्नो नेटवर्कका मोबाइलबाट एनसेलमा कल फरवार्ड सुविधा बन्द गरेको हो । ‘केहि समयका लागि रोकिएको हो, दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि खुल्न सक्छ’ टेलिकम स्रोतले भन्यो ।
एनसेलले प्रतिस्पर्धी कम्पनीका ग्राहकलाई आफ्नो नेटवर्कमा आकषिर्त गर्न ‘एनसेल प्रो’ योजनामा विभिन्न सुविधा दिँदै आएको छ । टेलिकमबाट एनसेलको नेटवर्कमा सर्न चाहनेले चलाइरहेको टेलिकमको नम्बर एनसेलममा जानकारी गराएपछि एनसेलको त्यही नम्बर दिने गरेको छ ।
टेलिकमको मोबाइलबाट एनसेलमा कल फरवार्ड गरेपछि एनसेलले उक्त नम्बरमा फोन गर्नेजति सबैलाई सम्बन्धित व्यक्तिको नम्बर परिवर्तन भएको भनेर एनसेलको नम्बर दिने र टेलिकमको मोबाइलमा भने फलानो नम्बरबाट कल गर्ने प्रयास भएको थियो भन्ने सन्देश दिने गरेको थियो ।
टेलिकमका ग्राहकलाई एनसेलले तान्न खोजेपछि टेलिकमले एनसेलमा कल फरवार्ड रोकेपछि यो योजना अहिले रोकिएको एनसेलले जनाएको छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भनिन्, ‘नेपाल टेलिकमले यस योजनामा आपत्ति जनाएपछि हामीले यसको प्रमोसन नै रोकिरहेका छौं ।’
यस विषयलाई लिएर नेपाल टेलिकम नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा जाने भएको छ । नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्र प्रसाद थिकेले त्यसखालको गतिविधि भएपछि टेलिकम प्राधिकरण जान लागेको जानकारी दिए । एनसेलले गलत प्रतिस्पर्धात्मक गतिविधि गरे टेलिकमले पनि त्यसै अनुसारको रणनीति बनाउने बताए ।

आजदेखि सेनाको नेतृत्व गौरब शमशेरले गर्ने

२४ साउन, काठमाण्डौं ।
 नेपाली सेनाको नेतृत्व आजदेखि रथी गौरबशमशेर राणाले समाल्ने भएका छन् । तीन बर्षे कार्यकाल सकिन एक महिना मात्र रहेकाले प्रधानसेनापति छत्रमानसिंह गुरुङ विदा बस्ने भएकाले राणाले सेनाको नेतृत्व समाल्ने भएका हुन् ।
राणालाई आजै प्रधानसेनापति गुरुङले नेपाली सेनाको नेतृत्व हस्तानान्तरण गर्नुका साथै आवश्यक बरबुझारथ गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति गुरुङले आगामी भदौ २४ गते अनिवार्य अवकास पाउँदै हुनुहुन्छ । सो अवधिसम्म कार्यबाहक प्रधानसेनापति बन्नुहुने राणाले त्यसपछि प्रधानसेनापतिको जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।
सरकारले भने शुक्रबारमात्र राणालाई कायम मुकायम प्रधानसेनापति जिम्मेवारी दिने निर्णय गरेको छ ।

Thursday, August 2, 2012

राख्न दिएको पैसा प्रहरी चौकीमै गायब

१८ साउन, रामेछाप । रामेछापको पि्रती गाविसमा रहेको दर्खा माइक्रो हाइड्रो समितिले सुरक्षाका लागि इलाका प्रहरी कार्यालयमा राख्न दिएको ८६ हजार ५ सय रुपैयाँ प्रहरीचौकीबाटै गायब भएको छ ।

विगत १० वर्षदेखि सञ्चालनमा आएको उक्त हाइड्रो पावर मर्मतका लागि सामान किन्न एकसय १० घरका उपभोक्ताबाट रकम सङ्कलन गरिएको उपभोक्ता वासुदेव भण्डारीले बताउनुभयो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक तीर्थराज उप्रेतीलाई दोहोरो कागज गरेर रकम राख्न दिएको भएपनि रकम माग्नका लागि जाँदा उप्रेतीले आलटाल गरी लामो समयसम्म पनि पैसा नदिएको हाइड्रो पावर उपभोक्ता समितिले बताएको छ ।

गत जेठ २ गते राख्न दिएको पैसा उप्रेतीले नदिएपछि मङ्गलबार हाइड्रो पवारको बिगि्रएको विद्युत्को सामान इलाका प्रहरी कार्यालयमा लगेर राखिदिएको उपभोक्ता समितिले बताएको छ ।

उप्रेतीले पैसा नदिएसम्म सो सामान प्रहरी कार्यालयमै राखिने स्रोतले बताएको छ । उप्रेतीले भने उपभोक्ता समितिका कोषाध्यक्षले पैसा लगिसकेको प्रतिक्रिया दिएका छन् ।

कोहलपुर अतिक्रमित घरटहरा हटाउन सुरु

 १८ साउन, बाँके । स्थानिय प्रशासनले आजबाट कोहलपुरमा पनि सडक अतिक्रमण गरि बनाईएको घरटहरा हटाउन सुरु गर्ने भएको छ । नेपागगञ्ज नगरपालिका, सडक विभाग र जिल्ला प्रहरी कार्यलयको सहयोगमा केहि दिनअघि नेपालगञ्जमा घरटहटा भत्काउन सुरु गरिएपनि कोहलपुरमा भने नेपालगञ्ज सुर्खेत रत्न राजमार्ग अन्तर्ग सडक भन्दा २५ मिटर भित्र रहेका घर टहरा भत्काउन सुरु गरिने ईलाका प्रहरी कार्यलय कोहलपुरका डिएस पि रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

कोहलपुरमा आज सडक देखि २५ मिटर भित्र रहेका घरटहराको चिनो लाउने काम सुरु भएको प्रहरीले जनाएको छ । नेपालगञ्जलाई सुन्दर शान्ति नगरी बनाउनका लागि एडिबीको २ अर्ब सहयोगमा रत्नराजमार्गलाई फोरल्यान्ड सडक निमार्ण गर्नका लागि घरटहरा भत्काउन सुरु गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख विक्रम सिह थापाले बताउनुभयो ।

हटमेल प्रयोग गर्नुभएको छ ? अब आउटलुक डट कममा खाता खोल्नुस्


जिमेलको लोकपि्रयता सँगै हटमेल छायाँमा परेपछि माइक्रोसफ्ट कम्पनीले हटमेललाई प्रतिस्थापन गर्दै नयाँ इमेल सेवा ल्याएको छ । जिमेललाई टक्कर दिने गरी असिमित डाटा संचिति क्षमताका साथै भिडियो च्याट सेवा स्काइपीको सुविधासहित माइक्रोसफ्टले आउटलुक डट कम नामको इमेल सेवा सार्वजनिक गरेको हो ।
यसअघि विन्डोस अपरेटिङ सिस्टम अन्तरगत परम्परागत इमेल सेवाको रुपमा माइक्रोसफ्टलेेे ल्याएको आउटलुक एक्सप्रेसको नामबाटै नयाँ इमेल सेवा सुरु गरिएको हो । आउटलुक एक्सप्रेस डेक्सटप इमेल सेवाको रुपमा विश्वमा सबैभन्दा बढि प्रयोगमा आएको माइक्रोसफ्टको दाबी रहँदै आएको छ ।
माइक्रोसफ्टको विन्डोज लाइभ सेवाका उपाध्यक्ष क्रिस जोन्सका अनुसार आउटलुक डट कम परिक्षण स्वरुपका रुपमा प्रयोगकर्ताका लागि उपलब्ध भैसकेको छ । अरु इमेल सेवा भन्दा आउटलुक डट कम निकै उत्कृष्ट भएको दाबी गर्दै उनले यो इमेल सेवाले पहिलोपटक प्रयोगकर्तालाई चाहेको जति डकुमेन्ट आफ्नै अकाउण्टमा संचित गर्ने क्लाउड मेलको उत्कृष्ट रुप प्रदान गरेको बताए । यसले निजि अकाउण्टलाई डाटा सेन्टरको रुपमा विकशित गर्ने उनको दाबी छ ।
अब माइक्रोसफ्टले नयाँ इमेल सेवा सार्वजनिक गरेसँगै हटमेल प्रयोगकर्ता के गर्ने होला ? भन्ने द्धिविधिमा परेका छन् । तर हटमेल तथा माइक्रोसफ्ट लाइभ युजर्सहरुले आफ्नो पूरानै युजर्स नेम र पासवर्ड प्रयोग गरी आउटलुक डट कममा खाता खोल्न सक्छन् । यसरी आएटलुक डट कममा खोलिएको खातामा पूरानो हटमेलमा रहेका सबै म्यासेज तथा डकुमेन्टहरु यथावत संचित भएका हुनेछन् । तर तत्कालका लागि हटमेल सेवा समेत सुचारु नै हुनेछ । हटमेल प्रयोगकर्ता आउटलुक डट कममा स्थानान्तरण हुन सक्ने र नयाँ अनुभुति लिन सक्ने भन्दै माइक्रोसफ्टले केही समयका लागि हटमेल सेवाबाटै पनि काम चलाउन सकिने बताएको छ । तर केही समयपछि भने हटमेल पूर्ण रुपमा बन्द गरेर आउटलुकमा स्थानान्तरण गरिनेछ ।
आउटलुक डट कमका प्रयोगकर्ताले इमेल प्रयोगमा नयाँ अनुभुति हाँसिल गर्न सक्ने तथा हटमेलमा जस्तो आफ्नो इमेल पेजमा ठूलो विज्ञापन आउने झण्झट बेहोर्नु नपर्ने बताइएको छ ।
नयाँ प्रयोगकर्ताले आउटलुक डट कममा सजिलैसाग हटमेलमा जस्तै गरी खाता खोल्न सक्छन् र आउटलुक बाटै स्काइपीको सुविधा लिन सक्छन् ।

Wednesday, August 1, 2012

Badi Malika Temple Bajura,Nepal : amazing natural beauty

नागरिकताको खोजीमा....


हरि हुमागाईँ/ उज्यालो । 
पहिलो पटक हेटौँडा आएका मकवानपुरको विकट काँकडा गाविस ५ बाँङराङ दुङकुलीङका चैतसिङ चेपाङलाई हेटौँडामा पाएको हैरानीले नागरिकता नै नबनाई फर्किउँ जस्तो लागेको छ । ‘यस्तै हो भने केलाई चाहियो नागरिकता?’, नागरिकता बनाउन चारदिन देखि धाउँदा समेत नागरिकता हात नपरेपछि चैतसिङले दुखेसो पोख्नुभयो ।

‘चार दिन भयो यता झरेको’, जिल्ला प्रशासन कार्यालय परिसारमा गाविस सचिव कुर्दै गरेका चेपाङले भन्नुभयो, ‘कहिले के मिल्दैन, कहिले के मिल्दैन । यत्तिकै फर्कुँ जस्तो लागिसक्यो ।’
हेटौँडा, साउन १६ – पटपटी फुटेका खाली गोडा । च्यातिएको हाफ सर्ट । छोटो कुट्टु । सेतै फुलेको दाह्री–कपाल । ८० वर्षिय चैतसिङ चेपाङ चारदिनदेखि मकवानपुरको सदरमुकाम हटौँडामा हण्डर खाइरहनुभएको छ । त्यो पनि नागरिकताका लागि ।
पहिले जंगलमा बसेकाले उहाँको परिवारलाई नागरिकता चाहिएन । अहिले छोराछोरी र नातिनातिनाको नागरिकता बनाउन समस्या भएपछि बुढेसकालमा नागरिकता बनाउन आउनुपरेको उहाँले बताउनुभयो । नागरिकता बनाउन चैतसिङसँगै उहाँका छोरा, श्रीमती र छोरीपनि सदरमुकाम आएका छन् ।

सयकडा ३ रुपैयाँको दरले ब्याजमा ८ हजार रुपैयाँ ऋण लिएर नागरिकता बनाउन आएको उहाँको परिवार कहिले गाविस सचिव नभेटेर त कहिले कागजात नमिलेको भन्दै सदरमुकाममै रुमल्लिएको छ । ‘ल्याएको पैसापनि होटलमा खाँदा बस्दा सकिन लाग्यो’, बाबुसँगै नागरिकता बनाउन आएका चैतसिङका छोरा वीरबहादुरले भन्नुभयो, ‘अझै कहिले बन्ने हो थाहा छैन ।’
 
हेटौँडामा ठुला ठुला घर र धेरै गाडी देख्दा आफुलाई अचम्म लागेको चैतसिङले बताउनुभयो ।

सेनाले चोर्‍यो बिजुली


आश गुरुङ/ उज्यालो । लमजुङ, साउन १७ – लमजुङ सदरमुकाम बेसीशहरमा रहेको नेपाली सेनाको पशुपति प्रसाद गणले विद्युत चोरी गरेको खुलासा भएको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाका कर्मचारीले पशुपति गणले नाङ्गो तारमा हुकिङ गरेर बिद्युत चोरी गरेको फेला पारेका हुन् ।
सेनाले हुकिङ गरेर विद्युत चोरी गर्नुको साथै १५ एम्पिएरको एमसीबी राख्नुपर्नेमा ६३ एम्पिएरको एमसीबी राखेर विद्युत चोरी गरेको लमजुङ विद्युत उपभोक्ता संस्थाले जनाएको छ । वेसीशहरको शेरामा रहेको विद्युतको ट्रान्सफर्मरमा खराबी आएपछि विद्युतका कर्मचारीहरुले मर्मत गर्न जाने क्रममा नजिकै रहेको गणमा विद्युत चोरी गरेर बालेको फेला परेको हुन् ।
यसपघि पनि २ पटक सम्म विद्युत चोरी भएको र यस्तो कार्य नगर्न अनुरोध गरेपनि अटेर गरेकाले यसपटक चोरीको घटना सार्वजनिक गरेको विद्युत उपभोक्ता संस्थाले जनाएको छ ।

पशुपति प्रसाद गणले हुकिङ गर्नुको साथै एम्पीएर बढाएर लाइन चोरी गरेपछि लमजुङ विद्युत उपभोक्ता संस्थाले विद्युत लाइन समेत काटेको छ । सेनालाई सुध्रर्ने मौका दिँदा पनि पटक पटक हुकिङ गरेर विद्युत चोरी गरेकाले विद्युत काटनु परेको संस्थाले जनाएको छ ।

पशुपति प्रसाद गणका गणपति माधव थापाले भने विद्युत चोरी नगरेको दावी गर्नुभयो । लमजुङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले कसैले पनि हुकिङ गर्न नपाउने भन्दै सेनाले हुकिङ गरेनगरेको बारे सत्यतथ्य बुझिने प्रजिअ भण्डारीले बताउनुभयो ।

नेपाली महिलालाई खाडी मुलुकमा बेचेको आरोपमा महिला पक्राउ


गोविन्द शर्मा/ उज्यालो ।
 नेपालगञ्ज, साउन १७ – नेपाली महिलालाई खाडी मुलुक पुर्‍याएर बेचबिखन गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बर्दिया तारारताल ९ की अन्दाजी ४० बर्षिया पद्मा विक (शाही) लाई मंगलबार बेलुका नेपालगञ्जबाट काठमाडौं जान लागेको बेला वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको लिखित आग्रहमा शाहीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक ऐन बहादुर मल्लले जानकारी दिनुभयो । सुर्खेत खजुराकी दुई सन्तानकी आमालाई कुवेतमा लगेर बेचेको पीडित महिलाका परिवारको आरोप छ । पीडितका भाइ ललित खत्रीले वैदेशिक रोजगारीका लागि भन्दै आफ्नी दिदीलाई कुवेतमा लगेर उनले ६ सय ६० कुवेती मुद्रामा विक्रि गरेको आरोप लगाउनुभयो ।

मालिकले खान समेत नदिई शोषण गरेपछि भागेकी आफ्नी दिदी कुवेत प्रहरीले पक्राउ गरेपछि कुवेतको केन्द्रीय कारगारमा रहेको उहाँले जानकारी दिनुभयो । पीडित महिलाका भाई खत्रीका अनुसार कारगारमा रहेका अन्य महिलाहरु दुतावासको पहलमा स्वदेश फर्केपछि उहाँले माइतीपक्षलाई चिठी लेखेर आफु बेचिएको भन्दै उद्दारका लागि आग्रह गर्नुभएको थियो ।
ठाउठाउमा एजेण्ट राखेर महिलाहरुलाई विदेश पठाइदिने बहानामा खाडी मुलकुमा लगेर विक्रि गर्ने गरेको दावी पीडितपक्षले गरेको छ । कुवेतमा भएकी महिला आफु मार्फत त्यहाँ पुगेको पक्राउ परेकी शाहीले स्वीकार गरेकी छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको छ ।

अर्घाखाँचीमा बस दुर्घटनामा दुईको मृत्यु, २८ घाइते

१७ साउन, अर्घाखाँची ।

अर्घाखाँचीको झुल्केमा वधुवार भएको बस दुर्घटनामा परी दूई जनाको ज्यान गएको छ । दुर्घटना परि अन्य २८ जना घाइते भएका छन् ।

 रुपन्देहीको वटुवलवाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९८५९ नम्बरको बस पुर्ब पश्चिम राजमार्गअन्तरर्गत दाङ र आर्घाखाँचीको सिमानामा पर्ने झुल्केमा दुर्घटना हुंदा दुईजनाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा बसका सहचालक र एक यात्रु रहेको प्रहरीले जनाएको छ । मृतकको ना र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

माइकल फ्लेप्स ओलम्पिकमा सर्वाधिक पदक जित्ने खेलाडी




१७ साउन, काठमाण्डौं । अमेरिकी पौडीवाज माइकल फ्लेप्सले ओलम्पिकमा सर्वाधिक पदक जित्ने खेलाडी बनेका छन् । लन्डन ओलम्पिकमा पौडी तर्फको ४ गुणा २ सय मिटर फ्रि स्टाइल रिलेमा उनको टोलीले स्वर्ण जितेपछि फ्लेप्स ओलम्पिकका सर्वाधिक सफल खेलाडी बनेका हुन् ।
तीन ओलम्पिकमा फ्लेप्सका व्यक्तिगत पदक संख्या १५ स्वर्ण सहित १९ पुगेको हो । उनले रसियाली जिमन्यास्ट लारिसा लातेनिनाको नाममा रहेको १८ पदकको किर्तिमानलाई उछिन्दै नयाँ किर्तिमान बनाएका हुन् ।
लण्डन ओलम्पिकमा भने फ्लेप्सको यो पहिलो स्वर्ण हो । सन् २००४ मा भएको एथेन्स ओलम्पिकमा ६ स्वर्ण र २ रजत जितेका फ्लेप्सले २००८ को बेइजिङ ओलम्पिकमा ८ स्वर्ण जितेका थिए ।
यसैगरी चिनकी १६ वर्षीय पौडीवाज लि सिवेनले पनि लण्डन ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेकी छिन् । लि ले गएराति भएको महिला पौडी तर्फको २ सय मिटर इन्डिभिज्युअल मिडले स्पर्धामा स्वर्ण जितेकी हुन् । यसअघि ४ सय मिटरमा उनले विश्व किर्तिमान बनाउँदै स्वर्ण जितेकी थिइन् ।
यसैबीच नेपाली पौडीबाज श्रेया धितालले आज लन्डन ओलम्पिकको १०० सय मिटर प|mी स्टाइलमा प्रतिश्पर्धा गर्दैछिन् । लण्डनको ओलम्पिक स्डेडियम नजिक रहेको एक्वेस सेन्टरमा अपरान्ह हुने खेलमा श्रेयाले राम्रो प्रदर्शन गर्दै राष्ट्रिय किर्तिमानमा सुधार गर्ने अपेक्षा गरीएको छ ।
लण्डन ओलम्पिकको पाँचौ दिनको खेल सकिँदासम्म चीन १३ स्वर्णसहित २३ पदकका साथ शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा रहेको अमेरिकाले ९ स्वर्णसहित २३ पदक जितेको छ भने ४ स्वर्ण सहित ११ पदकका साथ फ्रान्स तेस्रो स्थानमा छ ।