
धादिङ, साउन ११ – धादिङ सदरमुकाम धादिङवेशीको एक पसलमा बेच्न राखिएको रियल जुसमा फोहोर र अखाद्य पदार्थ भेटिएको छ । धादिङबेशी बसपार्कमा रहेको ललितबहादुर श्रेष्ठको पसलमा चार वटा रियल जुस खोल्दा त्यहाँभित्र कुहिएको अण्डाजस्तो चोक्टा, लेउ र पात पतिंगर जस्ता फोहोर फेला परेको जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो ।

धादिङको राजमार्ग क्षेत्र र सदरमुकाम क्षेत्रका विभिन्न पसल तथा होटलहरुमा पछिल्लो समयमा अनुगमनलाई तिव्र पारिएपनि अखाद्य पदार्थ भेटिन छाडेको छैन ।
0 comments:
Post a Comment