तपाइँ
आफ्नो फेसबुक पेजमा कसैले लाइक गर्यो भने निकै मख्ख पर्नुहुन्छ । सामान्य
प्रयोगकर्ताको त के कुरा भयो र ठूलाठूला व्यापारिक कम्पनीहरु पनि आफ्नो
फेसबुक पेजमा प्रयोगकर्ताको लाइक पाउनका लागि मरिहत्ते गर्छन् । तरबीबीसीले गरेको पछिल्लो अध्ययनले यसरी विभिन्न कम्पनीहरुका पेजमा लाइक गर्नेहरु मध्ये अधिकांस प्रयोगकर्ताको उक्त कम्पनीको उत्पादनसँग कुनै चासो नरहेको भन्दैै यसरी प्रयोगकर्ताको लाइक प्राप्त गर्न कम्पनीहरुले व्यर्थैमा ठूलो पैसा खर्च गरिरहेको देखाएको छ ।
यसरी कुनै व्यवसायिक संस्था वा र्फमको फेसबुक पेजमा गएर लाइक गर्नेहरुमध्ये धेरै नक्कली फेसबुक प्रयोगकर्ता हुने गरेका र आफ्नो सही परिचय लुकाउने गरेका अध्ययनले देखाएको छ । अझ कतिपय अवस्थामा ह्याकरहरुले कम्प्युटर प्रोगाममार्फत नक्कली प्रोफाइल तयार पारी भाइरस पठाउन र पेज ह्याक गर्न समेत फेसबुक पेजमा लाइक गर्ने गर्छन् ।
तथापि फेसबुकले भने यो विषयमा खासै गम्भीरता देखाएको छैन र यस्तो प्रकारको समस्या वा गुनासो अहिलेसम्म नदेखिएको बताएको छ ।
स्मरण रहोस् विश्वका धेरै नामुद कम्पनीहरुले समेत आफनो फेसबुक पेजमा देखिएको लाइक संख्याको गणना गरी आफ्ना उत्पादक रुचाउने ग्राहकको आंकलन गर्ने गरेका छन् । कतिपयले दशौँ लाख लाइक प्राप्त गरेको भन्दै आफ्नो प्रोफाइल समेत तयार गर्ने गर्छन् । तर अब यसरी फेसबुक पेज मन पराउनेको संख्याबाट मात्र निकालिने निष्कर्ष गलत हुने देखिएको छ, किनकी यसरी लाइक गर्नेहरु मध्ये धेरैको लाइक झुटो वा देखावटी मात्र हुन्छ । अझ फेसबुकमा लाइक गर्नेहरु ह्याकर समेत हुनसक्ने र आफ्नो कम्पनीका महत्वपूर्ण सूचना चोर्नसक्ने खतरा समेत हुन्छ ।
फेसबुक कम्पनीले नै गएको वर्ष आफ्ना ९० करोड प्रयोगकर्ता मध्ये झण्डै साढे ५ करोड प्रयोगकर्ता नक्कली रहेको वा उनीहरुले झुटो विवरण पेश गरेको तथ्यांक सार्वजनिक गरेको थियो ।








0 comments:
Post a Comment