अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र, नासाले अन्तरिक्षमा गरिने अनुसन्धानलाई सहज बनाउन हिँडडुल गर्न सकिने होलोग्रामको प्रोटोटाइपको विकास गरेको छ। द स्पेसफलाइट होलोग्राफी इनभेस्टिगेसन इन ए भर्चुअल एप्रेट्स नामक कार्यक्रम अन्तर्गत यो हिँड्ने खालको होलोग्रामको विकास गरिएको हो। यो एक किसिमको लेजर किरण र अर्को उस्तै किरणसँग मिसिएर कुनै इच्छित वस्तुसित ठक्कर खाएर परावर्तन भएको किरणका आधारमा बन्ने गतिशील दृश्य पनि हो। अनौठो लेजर किरणसँग मेल खाने अर्को किरणलाई होलो ग्राममा छिराउँदा थ्रीडी छवि अथवा तीनवटा आयाम भएको गतिशील दृश्य बन्छ। यो प्रविधिको अधारमा अत्यन्तै सजीवझैं लाग्ने चलचित्र, टेलिभिजन कार्यक्रम तथा पर्दामा खेल्न र हेर्न सकिने विभिन्न चमत्कारिक आधुनिक डिजिटल खेलहरूको निर्माण गर्न सकिनेछ। यो प्रविधि प्रयोग गरी चलचित्र बनाउँदा त्यो चलचित्रका अस्वाभाविक, नक्कली दृश्यहरू पनि यति वास्तविक र उत्तेजक रूपमा दखाउन सकिन्छ कि त्यसलाई मान्छेले पत्याउन पनि गाह्रो पर्नेछ। यो प्रविधि प्रयोग गरी बनाइएका चलचित्रहरू मा कल्पनाभन्दा बाहिरका दृश्यहरू पनि दर्शकले हेर्न पाउने छन्।
यो प्रविधि प्रयोग गरी छयांकन गरिएको चलचित्रमा मानिसको कञ्चटमा बन्दुकको गोली छिरेको, मासुहरू छरपस्ट भएको, प्रकाशका बिमहरू शरीरभित्र छिरेको जस्ता दृश्यहरू मात्र होइन, असम्भव लाग्ने दृश्यहरू वास्तविक र सहजझै देख्न सकिनेछ। अहिले एउटै स्थिर होलोग्राममा पनि सयौं जानकारी र श्रृखलाबद्ध दृश्य हुन्छ भने गतिशील होलोग्राम कैयौं स्थिर होलोग्रामको एक परिणाम मात्र हो। वास्तवमा यो यस्तो प्रविधि हो, जुन इलेक्ट्रोनिक क्यामेराले खिचेको दृश्यमा दर्शकले खोजेको गुणस्तर र कल्पना गरेको दश्य हँुदैन। पृथ्वीबाट लाखौं वर्ष पहिले नै लोप भैसकेको विशाल जीव डाइनोसरहरूको हिँडडुल गतिविधि र जीवनशैलीमा आधारित विश्वप्रसिद्ध काल्पनिक चलचित्र जुरासिक पार्क यस्तै प्रविधि प्रयोग गरी बनाइएको काल्पनिक चलचित्र हो।








0 comments:
Post a Comment