प्यूठान, साउन ९ – पार्टी फुटेपछि कार्यालय र सम्पत्तिको विषयमा बिभिन्न जिल्लामा दुई माओवादीवीच झडपका घटना भएपनि प्युठानमा भने दुबै पार्टीले पार्टी कार्यालय आफ्नो नभएको दावी गरेका छन् । २ वर्षदेखि भाडा तिर्न बाँकी भएपछि एकीकृत नेकपा माओवादी र मोहन बैद्य अध्यक्ष रहेको नेकपा–माओवादीले कार्यालय आफ्नो नभएको बताएका हुन् । एकीकृत नेकपा माओवादीले फुटेर गएकाहरुको पहलमा कार्यालय खोलिएको र साँचो पनि उनीहरुसंगै रहेको बताएको छ भने नेकपा–माओवादीले पार्टी नफुट्दै कार्यालय स्थापना गरिएकाले त्यसको जिम्मा संस्थापनकै हुनुपर्ने र भाडा पनि उसैले तिर्नुपर्ने अडान लिएका छन् ।
दुबै पार्टीले कार्यालय आफ्नो नभएको भन्दै खोल्नै छोडेपछि भाडामा कार्यालय दिएका घरधनी सञ्जयकुमार श्रेष्ठ अन्योलमा परेका छन्

ती दुबै पूर्व सभासद् वैद्य नेतृत्वको नेकपा–माओवादीमा छन् । पार्टी नफु्ट्दै एकीकृत नेकपा माओवादीले मासिक ४ हजार दिने गरी कार्यालय स्थापना गरेको थियो । पार्टी फुटेपछि वैद्य नेतृत्वको नेकपा–माओवादीले विजुवारमा आफ्नो पार्टी कार्यालय छुट्टै खोलेको छ ।
0 comments:
Post a Comment