२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार र आफ्ना प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेललाई कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा गएराति भएको आगलागीका सम्बन्धमा अध्ययन गर्न निर्देशन दिनुभएको छ ।
.jpg)

घटनामा गम्भीर घाइते भएकी मृत पुनकी श्रीमती हिक्काको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । राति १० बजे सल्केको आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा चार घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीमा करिब १० करोड बराबरको धनमाल नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट गोदामघरमा राखिएका झण्डै ६ सय मेटि्रकटन तरकारी नष्ट भएको कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघले जनाएको छ । प्रहरीले रातिदेखि नै क्षतिको विवरण संकलनको काम गरिरहेको छ । अहिले तरकारी बजारभित्र कसैलाई प्रवेश गर्न दिइएको छैन । तरकारी बोकेर आएका गाडीसमेत मुल गेट बाहिरको सडकमै रोकिएका छन् ।
0 comments:
Post a Comment