चितवन, साउन ३ - चितवनको रत्ननगरमा ट्रयाक्टरले किच्दा एक जनाको ज्यान
गएको छ । ना २ त ७१३ नम्बरको ट्रयाक्टरले किच्दा चैनपुर गाबिस ९ बस्ने ३४
बर्षिय साधुराम अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । टाडीबाट
सौराहातर्फ जादै गर्दा रत्ननगर बडानम्बर ४ देबौलीमा ना ७ प ९१२२ नम्बरको
मोटरसाइकलले ठक्कर दिँदा सडकमा पल्टिएका अधिकारीलाई ट्रयाक्टरले किचेको हो ।
अर्को मोटरसाईकलका चालक रत्ननगर १ का बिकाश तिवारी पनि घाइते भएको र
भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनााएको छ । दुवै मोटरसाइकल र
ट्याक्टर इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र ट्रयाक्टर चालक भने
फरार रहेको प्रहरीले जानकारी दिएको छ ।








0 comments:
Post a Comment