भरत खड्का/ उज्यालो । उदयपुर, साउन ३ – सडक विवादले उग्ररुप लिएपछि बुधबार
उदयपुरको विकट उत्तरी गाविस बलम्ताका पुर्व गाविस अध्यक्ष बसन्त राईमाथि
खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट राई गम्भीर घाईते हुनुभएको छ ।
सडक उपभोक्ता समिति र स्थानीयबीच चर्किएको विवादले केही समय यता सडक अबरुद्ध भएपछि सडक सुचारु गर्नका लागि बुधबार वाराहा गाविस वडानं ९ श्रीवानीमा छलफलको आयोजना गरिएको थियो ।
खुकुरी प्रहारबाट बसन्तको देव्रे आँखाको डिलमा गम्भीर चोट लागेको छ ।
प्रत्यक्षदर्शी बिनोदका अनुसार चोट लागि भुईमा ढलेका बसन्तलाई उपचारका लागि समेत पुष्पराजको समुहले उठाउन दिएका छैनन् । ‘उपचारमा लैजानुको सट्टा उहाँलाई घेरेर राखिएको छ’, उहाँले भन्नुभयो, ‘पुष्पराजले खुकुरी लिएर हिँडिरहेकोले छिमेकीहरु कोही जान सक्ने अवस्था छैन ।’
आक्रमणकारीहरु पुर्व योजना अनुसार खुकुरी लिएर ठुलो संख्यामा आएको प्रत्यक्षदर्शीले बताए । घाइते बसन्त एमाले जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ । आक्रमणमा उत्रिने पुष्पराज राई नेपाली काँग्रेस बलम्ता गाउँ कमिटी सभापति हुन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी चौकी झिल्के पोखरीबाट प्रहरी टोली पठाएको बताएको छ । प्रहरी नपुगि घटनाको बारेमा केही भन्न नसक्ने निमित्त प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुईटेलले बताउनुभयो ।








0 comments:
Post a Comment