काठमाडौं, साउन ३ - पुर्व लडाकू र वाइसिएलको आन्दोलनका कारण एकीकृत नेकपा
माओवादीको सातौं बिस्तारित बैठक विहीवार विहान ११ बजेसम्मका लागि स्थगित
भएको छ । पुर्व लडाकू र वाइसिएल विभिन्न माग राख्दै नारावाजीसहित आन्दोलनमा
उत्रिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि भएको समूहगत
छलफलको सुझाव पेश गर्ने कार्यक्रम विहीवारसम्मका लागि स्थगित भएको हो ।
लेवी उठाएको, सरकारले शिविरमा पठाएको तथा चन्दा लगायतका सबै रकम पारदर्शी
हुनुपर्ने, हिसाब स्पष्ट पार्न नसक्ने कमाण्डरलाई छानविन गरि कारवाही
गर्नुपर्ने लगायतका माग राखि पुर्व लडाकूले ११ र वाइसिएलले ५ बुँदे माग
अध्यक्ष प्रचण्डलाई वुझाएका छन् । बहिर्गमनमा परेका लडाकूले पनि हस्ताक्षर
बुझाएका छन् । उनीहरुले आफ्ना माग पुरा नहुँदासम्म बैठक चल्न नदिने बताएपछि
वुधवारको कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ ।
आन्दोलनमा उत्रिएका पुर्व लडाकू, वाइसिएल र बहिगर्मनमा परेका लडाकूलाई
सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माग जायज भएको र पार्टीभित्र छलफल गरेर
सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यस्तै उनीहरुले सेना समायोजन
रोक्न पनि माग गरेका छन् । अपमानित तरिकाले समायोजन गर्न खोजिएको भन्दै
उनीहरुले सम्मान जनक नभए सबैलाई स्वेच्छिक अवकाशमा जान मौका दिनु पर्ने माग
राखेका छन् ।








0 comments:
Post a Comment