अमेरिकी कम्प्युटर कम्पनी एप्पलले सन् २०१२ को दोस्रो तीन महिना अर्थात अप्रिलदेखि जूनसम्ममा आठ अर्ब ८० करोड डलर मुनाफा कमाएको छ । जून गत वर्षको सोही अवधिमा भएको मुनाफामा २१ प्रतिशत बढी हो ।

कम्पनी आफ्ना शेयरकर्ताहरूलार्इ ६ अगस्ट मा प्रतिशेयर २.६५ डलर लाभान्स बाँड्ने बताएको छ । पछिल्लो १ वर्षमा कम्पनी विकास दर निकै कम रहेको विश्लेषकहरू बताउँछन् । समाचार एजेन्सी एपीका अनुसार यसको एक कारणमा उपभोक्ताले ऐप्पलको सबैभन्दा सस्तो आईफोन र आईप्याड किन्नु हो । एप्पलले यस वर्षको मार्चमा आईप्याडको नयाँ संस्करण लन्च गरेको थियो भने पुरानो मोडलको पनि मूख्य घटाएको छ ।
0 comments:
Post a Comment