साउन ३ –
भारतको पश्चिम बंगालको राष्ट्रिय राजमार्गमा पहिरोले क्षति
पुर्याएपछि सिक्किमको अरु क्षेत्रसंग यातायात सम्पर्कबिच्छेद भएको छ ।
लगातारको वर्षाका कारण पश्चिम बंगाल र सिक्किमको सीमामा पर्ने तारखोला
क्षेत्रमा पहिरो गएपछि राष्ट्रिय राजमार्ग अवरुद्ध भएको हो ।
बाढीका कारण पश्चिम बंगालका जलपाईगुडी, दार्जलिङ, कुचबिहार लगायतका
जिल्लाका ८० हजार बासिन्दा प्रभावित भएका छन् । त्यस क्षेत्रका अरु शाखा
सडकहरु समेत अबरुद्ध भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । राजमार्ग
खुलाउन लगातार प्रयास भईरहेपनि पानी परिरहेकाले गर्दा समस्या भएको सुरक्षा
अधिकारीहरुको भनाई छ ।
यसैबीच असममा केही दिनयता बाढीले पुर्याएको नोक्सानीलाई मध्यनजर गर्दै
राष्ट्रिय संकट घोषणा गरी तत्काल राहत र उद्दारको काम शुरु गर्न राज्य
सरकारले केन्द्र सरकारसंग माग गरेको छ । यसवर्ष असममा बाढीमा परि १ सय २५
जनाले ज्यान गुमाईसकेका छन् ।








0 comments:
Post a Comment