Join us on Facebook Follow us on Twitter

share

Click

Wednesday, July 18, 2012

ट्राफिकले उठायो ११ लाख राजस्व

पर्वत, साउन ३ –
सवारी नियम पालना नगर्ने सवारी साधनलाई कारबाही गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले झण्डै ११ लाख रुपैया राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले आर्थिक बर्ष २०६८/२०६९ मा सवारी नियम उलंघन गर्नेलाई कारबाही गरेर १० लाख ८७ हजार ६ सय ५० रुपैया राजस्व संकलन गरेको हो ।
ट्राफिक प्रहरीले गएको वर्षभन्दा करिब ३ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरीले सबैभन्दा बढी राजस्व जीप, कार, भ्यान र माइक्रोवसलाई कारबाही गरेर संकलन गरेको ट्राफिक प्रहरी प्रमुख नवराज श्रेष्ठले जानकारी दिनुभयो ।
सवारी चाप बढेको र विना अनुमति गण्डकीबाट धौलागिरीमा आउने ट्याक्सी र जीप तथा कार बढी कारबाहीमा परेकाले राजस्व बढेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गर्न थालेपछि पर्वतमा यस्तो संख्या घट्न थालेको छ । ‘पछिल्ला दिनमा मापसे गरी सवारी चलाउने भेटिएका छैनन्’ ट्राफिक प्रमुख श्रेष्ठले भन्नुभयो ।

0 comments:

Post a Comment