१० फागुन, काठमाण्डौ । दैनिक ११ घण्टाका दरले हुदै आएको लोडसेडिङ विहीवारवाट दैनिक एक घण्टा घटेर दैनिक १० घण्टा हुने भएको छ ।
उर्जाको माग पछिल्ला दिनहरुमा मेही कमी आएका कारण लोडसेडिङ दैनिक एक घण्टाका दरले घटाएर दैनिक १० घण्टामा सिमिति गरिएको प्रधिकरणले जनाएको छ । प्राधिकरणले वुधवार सार्वजनिक गरेको तालिका अनुसार विहीवारवाट लागुहुने गरी दैनिक १० घण्टा र सातामा ७५ घण्टा लोडसेडिङ हुने छ ।
औद्योगिक क्षेत्रमा हाल भइरहेको लोडसेडिङवाट घटेर १ घण्टा कम हुनेछ । प्राधिकरणका अनुसार हाल औद्योगिक क्षेत्रमा दैनिक १४ घण्टाका दरले लोडसेडिङ हुदै आएको छ ।
0 comments:
Post a Comment