९ साउन, भैरहवा । नुनमा बालुवा मिसिएको
पुष्टि भएपछि पश्चिम क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय,
रूपन्दहीले साल्ट ट्रेडिङ कर्पोरेसनविरुद्ध मुद्दा चलाउने भएको छ ।
केही समयअघि नुनको प्याकेटभित्रै बालुवा
मिसिएको खबर विभिन्न सञ्चारमध्यममा प्रकाशन तथा प्रसारण भएपछि सो
कार्यालयले नुनको नमुना सङ्कलन गरी परीक्षण गर्दा बालुवा मिसिएको तथ्य
पुष्टि भएको हो ।
खाद्य तथा गुण नियन्त्रण कार्यालयको
‘रिपोर्ट’मा नुनमा अखाद्य वस्तु मिसिएको प्रमाणित भएको उल्लेख गरिएको छ ।
सोमबार खाद्यको प्रयोगशालाले सो पुष्टि गरेको कार्यालय प्रमुख किशोर
खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो-”नुनमा बालुवा मिसिएको पुष्टि भएको छ ।
यसबारे प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइसक्याँै । अब हामी खाद्य
ऐनअनुसार साल्ट ट्रेडिङ कर्पोरेसन, भैरहवाविरुद्ध मुद्दा चलाउँछौँ ।”
पछिल्लो समयमा भैरहवा, बुटवल र बर्दघाटमा
नुनमा बालुवा मिसिएको समाचार सार्वजनिक भएको थियो । प्रयोगशालाको रिपोर्ट
झन्डै एक महिनापछि आएको हो । रिपोर्टमा नुनमा हुनुपर्ने अन्य तत्वहरू ठीक
भए पनि अघुलनशील पदार्थ पनि भेटिएको प्रमुख खत्रीले बताउनुभयो ।
भारतबाट ल्याइएको इन्डो ब्रान्डको झन्डै
५० हजार बोरामा नुनमा बालुवा मिसिएको आशङ्का गरिँदै आएको थियो । भारतबाट ५०
केजीको बोरामा आउने सो नुनलाई नेपाल साल्ट ट्रेडिङ लिमिटेडले आयो नुनको
खोल भएको एक किलोको प्याकेटमा पुनः प्याकिङ गरी बिक्री वितरण गर्दै आएको छ ।
रासस
0 comments:
Post a Comment