९ साउन, काठमाण्डौ । मुलुक लोडसेडिङ
आक्रान्त भइरहेका बेला चालु आर्थिक बर्षभित्र ७० मेगावाट बिजुली राष्ट्रिय
प्रशारण लाइनमा थपिने भएको छ ।
चमेलियासहित केही साना र मझौला जलबिद्युत आयोजनाहरुको निर्माण सम्पन्न भई यसैबर्षभित्र उत्पादन थाल्ने उर्जा मन्त्रालयले जनाएको छ ।
यस बर्ष सम्पन्न हुने परियोजनामा ३०
मेगावाटको चमेलिया जलबिद्युत आयोजना, तल्लो मोदी १० मेगावाट, आँखुखोला ८
मेगावाट, बिजयपुर ४.५ मेगावाट, सिउरी ५ मेगावाट लगायत रहेका छन् ।
उर्जासचिव हरेराम कोइरालाका अनुसार चमेलिया परियोजना सम्पन्न गर्न केही
प्राबिधिक समस्या देखिएपनि यो आर्थिक बर्षको अन्त्यसम्म उत्पादन सुरु हुने
सम्भावना बढि छ । चमेलिया आयोजना नेपाल बिद्युत प्राधिकरणले बनाइरहेको छ
भने अन्य परियोजना निजी क्षेत्रले बनाइरहेका छन् ।
राष्ट्रिय प्रशारणमा ७० मेगावाट थपिएपनि
त्यसले लोडसेडिङ घटाउन भने भूमिका खेल्ने छैन् । हरेक बर्ष बिजुलीको माग
बढ्दै गएपनि उत्पादन भने सोही अनुमातमा बढ्न सकेको छैन् । नेपाल बिद्युत
प्राधिकरणका अनुसार आर्थिक बर्षको अन्त्यसम बिजुलीको माग १ हजार १ सय ६३
मेगावाट पुग्ने छ । तर, ७० मेगावाट थपिंदा पनि मुलुकमा जम्मा ७ सय ८०
मेगावाट बिजुली पुग्नेछ ।
अपुग हुने करिव ७ सय मेगावाट बिजुलीका लागि नेपाली उपभोक्ताले दैनिक १४ घण्टासम्म अन्धकारमा बिताउनुपर्ने छ ।
हाल भारतबाट १ सय ४५ मेगावाट बिजुली आयत
गरिंदै आएको छ । सरकारले हरेक बर्ष लाखौं ग्रामिण बस्तीमा बिद्युतीकरण
गर्ने लक्ष्यसहित लाइन विस्तार गरेपनि उत्पादन बढ्न नसक्दा झन पछि झन
लोडसेडिङ बढिरहेको छ ।
0 comments:
Post a Comment