३१
असार, काठमाण्डौ ।
सरकारले नयाँ आर्थिक बर्षका लागि एक तृतीयांश बजेट
सिफारीस गरेको छ । विपक्षी दलहरुले अन्तरिम संविधानको धारा ९६ क अनुसार
चालु आर्थिक वर्षको बजेटको एक तृतीयांश नबढ्ने गरी बजेट ल्याउनका लागिमात्र
सहमति जनाएकाले सोही अनुसार बजेट ल्याउने सिफारीस भएको हो । आईतबार विहान
बसेको मन्त्रिपरिषदको बैठकले एकतृतीयांश बजेट सिफारीस गरि बजेट अध्यादेश
पारीत गर्न राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको छ ।
एकतिहाई बजेट ल्याउन राष्ट्रपति र प्रधानमन्त्रीवीच सहमति भएपछि सरकारले
एकतिहाई बजेट आजै सार्वजनिक गर्दै छ । सरकारले धारा ८८ लाई उदृत गरी
अध्यादेश जारी गर्ने तयारी गरेको छ ।
सरकारले मंसिर ७ गतेका लागि तोकिएको संविधानसभाको अर्को निर्वाचन र लडाकू समायोजन र नयाँ २ बटा मन्त्रालयका लागि बजेट छुट्याएको छ ।
सरकारले मंसिर ७ गतेका लागि तोकिएको संविधानसभाको अर्को निर्वाचन र लडाकू समायोजन र नयाँ २ बटा मन्त्रालयका लागि बजेट छुट्याएको छ ।
0 comments:
Post a Comment