Join us on Facebook Follow us on Twitter

share

Click

Saturday, July 14, 2012

बाढीले सर्लाहीका ९० घर डुवानमा


३१ असार, सर्लाही 
गएरातीदेखि परेको अविरल बर्षाका कारण सर्लाहीका ९० घरधुरी डुवानमा परेका छन् । खोलामा पानीको बहाव बढेसँगै बाढीघरघरमा पसेको घर डुवानमा परेकेा स्थानियबासीले बताएका छन् ।
अहिले उनीहरु सुरक्षित स्थानमा भेला भएर बसिरहेकाछन् । कर्मैयाको खोला नियन्त्रण समितीले खोला नियन्त्रणका लागि कुनै चासो नदेखाएकोले समस्या उत्पन्न भएको उनीको आरोप छ ।
त्यस्तै वर्षासंगैआएको बाढीले नारायणखोलामा एक वर्ष अघि निर्माण गरीएको एउटा इनार र कल बगाएपछि खानेपानीको समस्या हुने भएको छ । परिवर्तन नेपालको आर्थिक सहयोगमा गत जेठमहिनामा नारायणखोला-८ सत्रकठ्ठामा ४० हजारको लागतमा निर्माण गरीएको इनार तथा कल गयरातीडाइनी खोलामा आएको बाढीले बगाए पछि स्थानीयमा खानेपानीको समस्या देखिने भएको हो ।

0 comments:

Post a Comment