काठमाडौं, असार ३१
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरण १० दिने चीन
भ्रमणका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ । एकीकृत नेकपा माओवादीबाट
विभाजन भएर नयाँ पार्टी गठन गरेपछि यो बैद्यको पहिलो विदेश भ्रमण हो ।
हालै चिनियाँ नेता आई पिङको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले बैद्यलाई
चीन भ्रमणको निम्तो दिएको थियो । बैद्यसँग पार्टीका अनतर्राष्ट्रिय विभाग
प्रमुख इन्द्रमोहन सिग्देल पनि चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
नेकपा माओवादीका प्रवक्ता पम्फा भुषालले चिनियाँ कम्युनिष्ट पार्टीसँग
सम्बन्ध बिस्तार र नेपालको वर्तमान् राजनीतिक अवस्थाका बारेमा भेटमा छलफल
हुने जानकारी दिनुभयो ।
पार्टी विभाजन अघि पार्टीका सचिव नेत्र विक्रम चन्दले चीन भ्रमण गर्नुभएको थियो ।
0 comments:
Post a Comment