तेल र सुनको मूल्य बढ्यो
३० असार, काठमाडौं । चालु आर्थिक वर्षमा
नेपाली रुपैयाँ अमेरिकी डलरसँग झण्डै ११ प्रतिशतले कमजोर भएको छ । अर्थ
मन्त्रालयले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०६८/६९ अनुसार
नेपाली रुपैयाँ अमेरिकी डलरसँग १०.८ प्रतिशतले अबमूल्यन भएको हो ।
युरो क्षेत्रमा आएको आर्थिक संकटका कारण
अमेरिकी डलरको माग उच्च हुँदा नेपाली मुद्राको अबमूल्यन उच्च रहेको
सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । साथै पाउण्ड स्टर्लिङ्ग, युरो र जापानी
येनसँग पनि नेपाली मुद्रा अबमुल्यन भएको छ । पाउण्ड स्टर्लिङ्गसँग ८.२,
जापानी येनसँग ७.४ र युरोसँग ३.८ प्रतिशतले अबमूल्यन भएको छ ।
तेल र सुनको मूल्य बढ्यो
गएको एक वर्षमा अन्तराष्ट्रिय बजारमा तेल र
सुनको भाउ पनि बढेको छ । आर्थिक सर्वेक्षणका अनुसार तेलको मूल्य प्रति
व्यारेल १२.१ प्रतिशतले बेढेको छ । २०६७ फागुनमसान्तमा प्रतिब्यारेल ११०
अमेरिकी डलर रहेको तेलको मूल्य ०६८ फागुन मसान्तमा १ सय २४ डलर पुगेको छ ।
गत आर्थिक वर्षदेखि अमेरिकी अर्थतन्त्रमा
देखिएको विस्तारको संकेत, अरब राष्ट्रहरुमा भएको बसन्त बिद्रोह र
भेनेजुएलाले अमेरिकाभन्दा अन्य मुलुकतर्फ पेट्रोलियम पदार्थको निर्यात
बढाउने नीति अख्तियार गर्नुले पेट्रोलियम पदार्थको मूल्य बढेको प्रतिवेदनमा
उल्लेख छ । यस्तै सुनको मूल्य प्रति औस १७.७ प्रतिशतले बढेर १ हजार ६ सय
४८ अमेरिकी डलर पुगेको छ ।
0 comments:
Post a Comment