Join us on Facebook Follow us on Twitter

share

Click

Saturday, July 14, 2012

प्रहरीका हतियार प्रहरीले नै चोर्न थाले


३१ असार, काठमाण्डौं । पछिल्लो समयमा मध्यतराईमा धमाधम प्रहरीकै हतियार हराईरहेका छन् । पर्सा, बारा र रौतहटका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई रकमको लोभ देखाउँदै हतियार चोरी गर्न प्रोत्साहन गर्ने र चोरीका हतियार खरिद गर्ने समूह सक्रिय रहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
प्रहरीले यस्तो कार्यमा क्षेत्रीय स्तरमा प्रभाव बनाएका राजनीतिक व्यक्ति संलग्न रहेको सूचना पाएकाले अनुसन्धान जारी रहेको जनाएको छ । ‘हतियार कारोबारमा राजनीतिक पृष्ठभूमीका केही व्यक्तिको संलग्नता रहेको जानकारी पाएका छौं’ बाराका प्रहरी निरीक्षक केपी शर्माले भन्नुभयो, ‘यसबारे प्रमाण जुटाउन अनुसन्धान जारी रहेको छ ।’
उक्त जिल्लामा रहेका प्रहरी जवान स्थानिय राजनैतिक दलका नेताहरुको सम्पर्कमा रहने र व्यक्तिगत चिनजान पनि हुने भएकाले उनीहरुलाई हतियार चोर्नेकाममा प्रयोग गर्न थालेको प्रहरी उच्च स्रोतलाई उदृत गर्दै अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

0 comments:

Post a Comment