Join us on Facebook Follow us on Twitter

share

Click

Tuesday, July 24, 2012

बैद्य के गर्दैछन् चीनमा ?


९ साउन, काठमाण्डौं ।
 चीन भ्रमणमा रहेको नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य नेतृत्वको टोलीले सोमबारदेखि उच्चस्तरीय राजनैतिक भेटवार्ता थालेको छ । काठमाण्डौबाट चीनको ग्वान्जाउ हुँदै ऐनान प्रान्तको भ्रमणमा पुग्नुभएका बैद्यले त्यहाँ रहेका स्थानिय पार्टीका कमिटी र स्थानिय नेताहरुसँग छलफल गर्नुभयो । उहाँले ऐनान प्रान्तसहित विभिन्न स्थानमा रहेका आयोजनाहरुको स्थलगत अवलोकन गनुभयो । बैद्यले स्थानिय राजनैतिक दलले आयोजना गरेको कार्यक्रममा सहभागी भई पार्टीको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
अध्यक्ष बैद्यले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग प्रमुख वाङ जिआङसँग भेटबार्ता गर्नुभयो । भेटमा दुई देश र पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो । भेटमा बैद्यले नेपालको पछिल्लो राजनैतिक परिस्थिति र नव गठित आफ्नो पार्टीको रणनीतिका बारेमा जानकारी गराउनुभएको भेटमा सहभागी पोलिटव्युरो सदस्य इन्द्रमोहन सिग्देलले जानकारी दिनुभयो । जिआङले भने चीनले नेपालको पछिल्लो अवस्थाका बारेमा नजिकबाट हेरेको बताउनुभयो । उहाँले अव नेपाल र चीनको सम्बन्ध अझै मजबुद बन्ने पनि स्पष्ट पार्नुभएको थियो ।
भ्रमणका क्रममा साङसी प्रान्त पुगेका बैद्यलाई साङसी पान्तीय कमिटीका सचिवले स्वागत गर्दै रात्री भोजको आयोजना गरेका थिए । भेटका क्रममा पाटीको अवस्था र एकआपसमा आदानप्रदान हुनसक्ने सहयोगका बारेमा छलफल भएको थियो । त्यस्तै शुक्रबार बैद्य टोलीले चिङ छ संग्रहालयको अवलोकन गरेको थियो । संग्रहालयमा १२ औ शताव्दीतिरको काष्ठकला र काठमा घरहरु रहेको छन् ।
सोही दिन दिउँसो सान्सी प्रान्तीय कमिटीका पदाधिकारीसँग भएको भेटघाटमा आपसी सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको सिग्देलले जानकारी दिनुभयो । भ्रमण टोलीले शनिबार सान्सी पान्त अन्तर्गत सियान जिल्लामा रहेको प्रसिद्ध ताची गाउँको अवलोकन गरेका थिए । ताची गाउँ माओको पालादेखि नै कृषि क्षेत्रमा निक्कै चर्चित रहेको छ ।
अहिले उच्च स्तरीय नेताहरुसँग छलफलमा जुटेको भ्रमण टोलीले पार्टी र देशको विकासमा विषयमा छलफल भएको र भ्रमण निक्कै उपलब्धि मुलक रहेको पनि बैद्यका सहयोगी इन्द्रमोहन सिग्देलले जानकारी दिनुभयो । शीर्ष नेताहरूसँगको भेटघाट सकी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

0 comments:

Post a Comment