खुलामञ्चमा सभा जारी
काठमाडौंको खुलामञ्चमा आयोजित राष्टिय प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उहाँले दुई दुई पटकसम्म मुलुकको नेतृत्व गरिसक्दा पनि माओवादीले विद्रोहको धम्की दिन नछाडेको भन्दै अब विद्रोह के का लागि भन्ने पश्न गर्नुभयो । उहाँले भन्नुभयो-’आजपनि माओवादी हत्या हिंसा र बकालत गरिहेको छ, अब कसको विरुद्धमा जनविद्रोह ? राजतन्त्र अन्त्य भइसक्यो, अब जनविद्रोह कसका विरुद्ध ?’ सरकार बाहिर रहँदा भारततिर बन्दुक तर्र्याउने र सरकारमा गएपछि सबै थोक गरिदिने गरेको भन्दै भन्दै उहाँले वर्तमान सरकारलाई किसानमानाको संज्ञा दिनुभयो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुर्सी टिकाइराख्न भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका अगाडी घुँडा टेकेको भन्दै गौतेमले भन्नुभयो-’यो सरकार जतिदिन बढी बस्छ, मुलुक खाल्डोमा पर्छ ।’२१ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले परिर्वतनको जिम्मेबारी माओवादीलाई दिन नसकिने बताउनु भएको छ । चार वर्षसम्म सहकार्य गर्दा पनि माओवादीले हिंसा र विद्रोह नत्यागेको भन्दै गौतमले भन्नुभयो-’अब परिर्वतनको जिम्मेबारी माओवादीलाइए दिन सकिँदैन । नयाँ नेपाल बनाउन यो पार्टीबाट सम्भव छैन ।’
मधेसी मोर्चा मधेसी जनताका लागि नभई भ्रष्टाचार गर्न सरकारमा गएको भन्दै उहाँले भ्रष्टाचार गर्न नपाउँदा मुलुक टुक्राउने धम्की दिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो-’पाँच सय वर्षदेखि यो मुुलुक जिउँदा जाग्दोछ, कसको तागत छ यो मुलुक टुक्राउने ?’ काम नलाग्ने भइसकेको संसदीय व्यवस्थाको वकालत गर्ने कांग्रेसले पनि मुलुकको नेतृत्व गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो-’अब यो मुलुकको नेतृत्व एमालेले मात्र गर्न सक्छ ।’ संविधान बनेपनि र नबनेपनि देश र जनताको संरक्षण गर्ने जिम्मेबारी एमालेले बोक्नु पर्ने उहाँको भनाई छ । फुटेको र अनुशासनहीन पार्टीले ऐतिहासिक जिम्मेबारी पूरा गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो-’अब इतिहासले एमालेलाई ऐतिहासिक जिम्मेबारी दिँदैछ, त्यसलाई पूरा गर्न एमाले एकतावद्ध हुनुको विकल्प छैन ।’ एमालेलाई गुट र फुटमा लैजान नदिने भन्दै उहाँले केन्द्रदेखि तलसम्म एमालेलाई एकतावद्ध बनाईछाड्ने दृढता व्यक्त गर्नुभयो ।
सेनाको जर्नेल कर्नेलमा भागबण्डा हुन सक्दैनः पोखरेल
एमाले महासचिव इश्वर पोखरेलले नेपाली सेनाको जर्नेल कर्नेलमा भागबण्डा हुन नसक्ने बताउनु भएको छ । राष्टिय प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहलाई सम्वोधन गर्दै महासचिव पोखरेलले जनयुद्ध लडेको नाममा सेनामा हिस्सादारी खोजे स्वीकार्य नहुने बताउनु भयो । ‘नेपाली सेनाको जर्नेल, कर्नेलमा भागबण्डा हुन सक्दैन’ उहाँले भन्नुभयो-’समायोजनमा जाने हो भने मापदण्ड पूरा गरेर आउ, तर हिजो जनयुद्ध लडेका नाममा हिस्सेदारी चाहिन्छ भन्ने हो भने त्यो एमालेलाई किमार्थ मान्य हुने छैन ।’ उहाँले हिंसासहितको माओवादीसँग सहकार्य गर्न नसकिने भन्दै हिंसा त्यागेर आउन आग्रह गर्नुभयो ।
एमाले महासचिव पोखरेलले परिवर्तनलाई स्वीकार गरेको कांग्रेस र हिंसा त्यागेको माओवादीसँग मात्र सहकार्य गर्न सकिने बताउनु भयो । पोखरेलले आफ्नो सम्वोधनको अधिकांश समय माओवादी र कांग्रेसको आलोचनामा खर्चनु भएको थियो ।
खुलामञ्चमा एमाले सभा शुरु
पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद बैठक शुरु गर्नुअघि नेकपा एमालेले राजधानीमा बृहत जनप्रदर्शन गरेको छ । उपत्यकाका बिभिन्न १६ ठाउँबाट निस्केको र्याली खुलामञ्च पुग्ने क्रम चलिरहेको छ । जुलुसको नेतृत्व गरेका पार्टीका शीर्ष नेताहरु पनि मञ्चमा बसिसकेका छन् । दिउसो १२ बजे शुरु हुने भनिएको सभा केहीबेरअघि मात्र शुरु भएको छ ।
नेताहरुले शान्ति र संविधान निर्माणसागै राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक विषयमा सम्बोधन गर्ने तयारी छ । कार्यकर्ता नेताको भाषण सुन्न व्यग्र प्रतीक्षामा छन् । यसैबीच कान नसुन्नेहरुका लागि एमालेले सांकेतिक भाषाबाट समेत उल्था गर्ने व्यवस्था गरेको छ । नेताहरुले बोलेको कुरा साँकेतिक भाषाबाट उल्था गरिदिन मञ्च छेऊमै दोभाषेहरु खटिएका छन् ।
उनीहरुले नेताहरुले बोलेको कुरालाई हातको भाउ लगाएर प्रदर्शन गर्दैछन् । संसद बैठकमा हुने गरेको यस्तो व्यवस्थालाई एमालेले आमसभामा समेत प्रयोग गरेको छ ।
0 comments:
Post a Comment