उमा के.सी./
रामेछाप, साउन ११ – केही समय अघिसम्म खेतीपाति, तरकारी वा अन्य कृषिसँग सम्बन्धी ससाना गुनासा लिएर सदरमुकाम मन्थली जानुपर्ने रामेछापका किसान अब घरमै बसेर फोनमार्फत समाधान खोज्न सक्छन् । यस्ता जिज्ञासा समाधान गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यलय रामेछापले सुरु गरेको टोल फ्री सेवाले यो सम्भव बनाएको हो ।
नागरिकलाई सहज सेवा प्रदान गर्न सुरु गरिएको पैसा नलाग्ने टेलिफोन नम्बरमा फोन गरि सर्वसाधारणले कृषिका समस्या जिज्ञासा बताउन थालेपछि कृषकसँग सञ्चार गर्न सहज भएको कृषि विकास कार्यालयले जनाएको छ ।
गत जेष्ठ १६ गतेबाट सुरु भएको टोल फ्री नम्बरमा दैनिक चार पाँच जना किसानले आप्mनाजिज्ञासा, समस्या र जानकारी लिने राख्ने गरेको कार्यलयका प्रमुख केशब देवकोटाले बताउनुभयो । कार्यालयले बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा किसानहरुलाई फोन गरेर समस्या समाधान खोज्ने व्यवस्था मिलाएको देवकोटाले जानकारी दिनुभयो ।
‘कृषि सम्बन्धी ससाना जिज्ञासाको समाधान खोज्न पनि सेवाग्राही घण्टौको बाटो धाएर सदरमुकाम आउनुपर्ने समस्या भएकोले यो प्रविधि अपनाएका हौँ’, देवकोटाले भन्नुभयो, ‘पैसा पनि नलाग्ने र घरमै बसेर आफ्ना जिज्ञासाहरु राख्न सजिलो भएकोले प्रभावकारी बन्दै गएको छ ।’ किसानहरुले १६६०४८५४३३३ मा फोन गरेर आफ्ना समस्याहरु राख्न सक्छन् ।

0 comments:
Post a Comment