टेक्नोलोजीसम्वन्धी विश्वको ठूलो कम्पनी मध्येको एक याहूले अर्को कम्पनी गूगलका एक प्रमुख अधिकारीलाई नयाँ सीईओ नियुक्त गरेको छ ।
३७
बर्षीया मरिसा मायरलाई नयाँ सीईओमा नियुक्त गरिएको याहूले बताएको छ ।
याहूको सीईओमा नियुक्त भएपछि मरिसाले भनेकी छिन्-’हामी विश्वभरका शहाम्रा
ग्राहक र विज्ञापनदाताको अनुभवलाई अझ राम्रो बनाउन नयाँ नयाँ सेवा ल्याउन र
विषयबस्तुमा परिर्वतन ल्याउन कम्पनीका समर्पित कर्मचारीहरुसँग मिलेर काम
गर्छु ।’ उनलाई अब छिट्टै याहूको बोर्ड सदस्य बनाइने बताइएको छ ।
मारिसा एक वर्षमा याहूमा तेस्रो सीईओ
बनेकी हुन् । तत्कालिन सीईओ स्कट टमसनले आफ्नो अध्ययन प्रमाणपत्र विवादका
कारण राजीनामा दिएका थिए । उनीभन्दा अघिका सीईओलाई सेप्टेम्बर २०११ मा
हटाइएको थियो । पछिल्लो समय गूगल र फेसबुकका कारण याहूले निकै चुनौति सामना
गर्नु परिरहेको छ ।
याहूको समाचार सेवा लोकप्रिय रहेपनि सर्च
इन्जिन र इमेल सेवाका प्रयोगकर्ताहरु घट्दो छ । जसका कारण याहूको शेयरको
मूल्यमा समेत गिरावट आएको छ ।
को हुन् मारिसा
मारिसा मायरले सन् १९९९ मा गूगलमा पहिलो
महिला इन्जिनियरको रुपमा काम सुरु गरेकी थिइन् । क्यालिफोर्नियाको
स्टेनफोर्ड विश्वविद्यालयबाट कम्प्युटर साइन्स अध्ययन गरेकी मारिसा सुरुमा
गूगलको २० औं कर्मचारी थिइन । गुगलको सर्च इन्जिन र कम्पनीको होम पेज बनाउन
उनको महत्वपूर्ण भूमिका छ ।
पछिल्लो दिनमा उनी गूगलको म्यापिङ सेवाका
प्रमुख थिइन । मारिसा टोक्नोलोजीसम्वन्धी ठूलो कम्पनीको सीईओ पदमा पुग्ने
केही महिला मध्ये एक हुन् ।
0 comments:
Post a Comment