२२ साउन, काठमाण्डौ ।
मंगल ग्रहमा जीवनको
खोजीमा नासाको अभियान अन्तरगत रोवर्ट ‘क्यूरियोसिटी’ मंगलबार मंगल ग्रहमा
सफलतापूर्वक अवतरण गरिएको छ । साढे ८ महिनाको समयमा ३ सय ५२ मिलियन माइल
यात्रा तय गर्दै ‘क्यूरियोसिटी’ नेपाली समय अनुसार विहान सवा ११ बजे
मार्समा अबतरण भएको हो ।
स्काईक्रेनमार्फत स्पेसक्राफ्ट मंगल
ग्रहमा ल्याण्ड गरिएको थियो । अब मंगल ग्रहको तस्वीर समेत प्राप्त हुन
थालेको नासाले जनाएको छ । यसबाट प्राप्त हुने तथ्यका आधारमा मंगलग्रहमा
जीवन सम्भव भए नभएको पत्ता लाग्ने बताइएको छ ।
नासाका अनुसार क्यूरियोसिटीले मंगल ग्रहको
सतह छुए लगतै उसँग जोडिएको तार काटेर अलग गरिएको थियो । क्यूरियोसिटीको
मगल ग्रहमा अवतरण गराउनु एक महत्वपूर्ण उपलब्धी थियो, किन भने यसलाई सम्भव
बनाउन २१ हजार २ सय ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा मंगल ग्रहको
जलवायुमा प्रवेश गराउनु थियो । त्यसमा सफलता पाएसँगै क्यूरियोसिटीले मंगल
ग्रहको बायुमण्डलमा प्रवेश गरेको थियो ।
क्यूरियोसिटी कुनै पनि जीव तथा जीवास्मा
खोज्न त असक्षम छ तर, यसले मावन जीवनका लागि उपयोगी तत्वहरु कार्बन,
नाइट्रोजन, फस्फोरस, सल्फर र अक्सिजनको खोजी गर्नेछ ।
के हो क्यूरियोसिटीः ६
खुट्टा भएकोक्यूरियोसिटीको तौल ९ सय किलो छ । ३ मिटर उचाई भएको यसको गति
औसत ३०मिटर प्रति घण्टा छ । यो रोवर्टले मंगल ग्रहमा २ वर्षसम्म काम गर्ने छ
। उक्त समयमा क्यूरियोसिटीले कम्तिमा १९ किलोमिटर दुरी पार गर्नेछ । यो
रोवर्टलाई नासाले २६ नोभेम्बर २०११ मा केप क्यानेवरल स्पेस स्टेशनबाट
एटलस-५ नामक रकेटबाट प्रक्षेपणगरेको थियो । मंगलग्रहमा रेडियोआइसोटप
जेनेरेटरबाट प्राप्त हुने विजुलीले चल्नेछ भने इन्धनका रुपमा
प्लूटोनियम-२३८ को प्रयोग गरिएको छ ।
0 comments:
Post a Comment