२४
साउन, काठमाण्डौं ।
नेपाली सेनाको नेतृत्व आजदेखि रथी गौरबशमशेर राणाले
समाल्ने भएका छन् । तीन बर्षे कार्यकाल सकिन एक महिना मात्र रहेकाले
प्रधानसेनापति छत्रमानसिंह गुरुङ विदा बस्ने भएकाले राणाले सेनाको नेतृत्व
समाल्ने भएका हुन् ।
राणालाई आजै प्रधानसेनापति गुरुङले नेपाली
सेनाको नेतृत्व हस्तानान्तरण गर्नुका साथै आवश्यक बरबुझारथ गर्ने सैनिक
जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति गुरुङले आगामी भदौ २४ गते
अनिवार्य अवकास पाउँदै हुनुहुन्छ । सो अवधिसम्म कार्यबाहक प्रधानसेनापति
बन्नुहुने राणाले त्यसपछि प्रधानसेनापतिको जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।
सरकारले भने शुक्रबारमात्र राणालाई कायम मुकायम प्रधानसेनापति जिम्मेवारी दिने निर्णय गरेको छ ।
0 comments:
Post a Comment