१२ फागुन, स्याङ्जा । गाउँलेको सामूहिक प्रयासले स्याङ्जाको विकट गाविस चित्रेभन्ज्याङ् गाविस लोडसेडिङ मुक्त भएको छ । सिङ्गो देश नै ऊर्जा सङ्कटको भूमरीमा परिरहेका बेला स्थानीयवासीको सामूहिक प्रयासले लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याइएपछि चित्रेभन्ज्याङ गाविस लोडसेडिङबाट मुक्त भएको हो ।
चित्रेवासीले पुतपुते दोस्रो लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत गाउँमा वितरण गरी गाविसलाई लोडसेडिङ मुक्त बनाएका हुन् । मग्याम चिसापानी गाविस-८ र ९ को सिमानामा रहेको पुतपुते खोलामा २०६५ सालबाट लघु जलविद्युत आयोजना निर्माण सुरु गरिएको थियो । आयोजनाबाट उत्पादित कूल ९८ किलोवाट विद्युत् गाविसमा वितरण गरी गाविसलाई लोडसेडिङमुक्त बनाइएको विद्युत् उपभोक्ता समितिका अध्यक्ष खीमबहादुर थापाले बताउनुभयो ।अध्यक्ष थापाका अनुसार गाविसमा रहेका ८ सय ३४ घरधुरीका झन्डै आठ हजार उपभोक्ता विद्युत् सेवाबाट लाभान्वित भएका छन् ।
मुक्तिनाथ विकास बैंकको ३५ लाखसहित वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबाट एक करोड ३१ लाख, जिविसको १९ लाख, गाविसको २८ लाख र उपभोक्ताको लगानी तथा श्रमदानवापत् रु एक करोड ५३ लाख ४६ गरी कूल तीन करोड ३१ लाख ४६ हजार रुपैयाँको लागतमा सो आयोजना सम्पन्न भएको हो ।आफ्नै प्रयासबाट सिङ्गो गाउँ नै झिलिमिली हुनुको विद्युत सुविधाबाट कुटानी, पिसानी गर्न, टेलिभिजन हेर्न, कम्प्युटर सञ्चालन गर्न पाएपछि गाउँलेहरु हषिर्त भएका छन् । विद्युत् आयोजना सञ्चालनमा आएपछि गाविसमा आठवटा राइस मिल पनि सञ्चालनमा आएका छन् । रासस
0 comments:
Post a Comment