Join us on Facebook Follow us on Twitter

share

Click

Friday, February 24, 2012

श्रम शोषणमा परेकी महिलालाई १५ लाख अमेरिकी डलर क्षेतिपूर्ति

१२ फागुन, न्यूयोर्क । अमेरिकाको एक अदालतले अमेरिकामा वस्दै आएकी एक नेपाली भाषी युवतीलाई श्रम शोषण गरेको अभियोगमा भारतिय विदेश मन्त्रालयकी एक उच्च कुटनितिक अधिकारीलाई १५ लाख अमेरिकी डलर क्षेतिपूर्ती तिराउने फैसला गरेको छ । अमेरिकाको न्युयोर्कस्थित साउदन डिस्ट्रीक्ट कोर्टले वुधवार सयुंक्त राष्ट्रका लागि न्यूयोर्कस्थित भारतीय नियोगमा कार्यरत तत्कालीन प्रेस, संस्कृति, सूचना र सामुदायिक मामिलासम्बन्धि काउन्सुलर निना मलहोत्रा र उनका पति ईन्जिनियर जोगेश मलहोत्रालाई पीडित दार्जिलिङकी शान्ति गुरुङको मुद्दामा उक्त रकम तिर्न आदेश दिएको हो ।

आफूलाई बाल श्रम शोषण र दास बनाएको लगायतका २० अभियोगसहित हदैसम्मको कारवाहीको माग गर्दै नेपाली भाषी दार्जिलिङ सुकुनाकी गुरुङले गत २०६७ भदौमा न्युयोर्कको फेडेरल कोर्टमा मुद्दा दर्ता गरेकी थिइन्। गुरुङले दायर गरेको रीटमा १७ वर्षको उमेरमा अपहरणको शैलीबाट आफूलाई मलहोत्रा दम्पतीले न्यूयोर्क पुर्‍याएको र दासको रुपमा झण्डै साढे तीन बर्ष घरेलु कामदार बनाएको उल्लेख छ। नेपाली भाषी गुरुङले दायर गरेको मुद्धामा अमेरिकाको न्युयोर्कस्थित साउदन डिस्ट्रीक्ट कोटका न्यायाधीश फ्राङ्क मासले फैसला गरेका हुन् ।

गुरुङको संरक्षणमा तथा उनको पक्षमा हरपल साथ दिएकी अधिकार संस्थाकी अधिकारकर्मी नर्वदा क्षेत्रीले अदालतको फैसला एैतिहासिक भएको र यो जित एकमात्र नेपाली भाषीको मात्र नभएर सिंगो नेपाली भाषी महिलाहरुकै जित भएको प्रतिक्रिया दिनु भयो ।पीडीत नेपाली भाषी गुरुङको पक्षमा न्युयोर्कमा सक्रिय आप्रवासी नेपालीहरुको एकमात्र सक्रिय सामाजिक संस्था अधिकारकी कार्यकारी निर्देशक लुना रन्जित सक्रियतामा दुई ल र्फम गिब्सन, डुन एण्ड क्रुचर ल र्फम र अर्बान जस्टिस सेन्टरले निःशुल्क लडेका थिए ।

0 comments:

Post a Comment