Join us on Facebook Follow us on Twitter

share

Click

Friday, February 24, 2012

अमेरिकाले नेपाललाई थप सहयोग गर्ने

१२, फागुन, काठमाण्डौ । नेपालमा जारी शान्ति प्रक्रियालाई निष्कर्शमा पुर्‍याउन अमेरिकाले थप सहयोग गर्ने भएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय सिंहदरबारमा शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडीसंग शुक्रवार भएको भेटवार्तामा नेपालका लागि कार्यबाहक अमेरिकी राजदूत प्याटि्रसिया ए. माहोनीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।



भेटमा कार्यबाहक अमेरिकी राजदूत माहोनीले नेपालको शान्ति प्रक्रिया ठीक ढंगले नै अघि बढिरहेकोमा खुशी व्यक्त गर्दै राजनीतिक दलहरुको तत्परतामा शान्ति र संविधानको कामले अझ तीव्रता पाउनेमा विस्वास व्यक्त गर्नुभयो । राजदूत माहोनीले नेपालको शान्ति प्रक्रियामा अमेरिकाले सदैव सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा अझ थप सहयोग गर्ने बताउनुभयो । भेटका क्रममा शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडीले नेपालको शान्ति प्रक्रियामा अमेरिकाले सकारात्मक सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै नेपालमा शान्ति प्रक्रियाका काम तीव्र रुपमा अघि बढिरहेको बताउनुभयो ।

शान्ति प्रक्रिया पूरा गर्ने क्रममा आगामी दिनमा पनि अमेरिकाको सहयोग जारी रहनेमा आफू आशावादी रहेको समेत मन्त्री पहाडीले बताउनुभयो । भेटमा युएस एडका मिसन डाइरेक्टर डेभिड सी. अट्टबेरी पनि सहभागी थिए ।

0 comments:

Post a Comment