बाजुरा जिल्लाको संक्षिप्त परिचय
संक्षिप्त चिनारी
बाजुरा जिल्लाको नामाकरण झुर्रा बाझको अप्रभंश हुदै बाज झुर्रा र बाजझुर्राबाट बाजुरा रहन गएको देखिन्छ । नेपाल राज्यकै विकट एवं विकासका दृष्टिकोणले पिछडिएको बाजुरा जिल्लाको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिएता पनि पुराना कहावतहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा यस बाजुरा जिल्लाको स्वतन्त्र अस्तीत्व नरही, यो भूमि त्यस बेलाको जुम्ला राज्यमा पर्दथ्यो, जसलाई सिंजा राज्य भन्ने चलन थियो । केन्द्रिय शासन जुम्लाबाट संचालन गरिएता पनि हालको बाजुरा जिल्लामा पनि त्यस राज्यका प्रतिनिधिहरु बस्दथे, यहाँ पनि सहायक दरबार थियो । दरबार भएको ठाउलाई कोट भनिन्थ्यो । यस बाजुरा दरबारबाट सिंजा दरबारमा राजाको आदेशअनुसार वाज पठाउनु पर्दथ्यो । वाजभन्ने चरालाई पासोद्वारा समातिन्थ्यो ।ती बाज चराहरुको नाम भाले शाही बाज र पोथीलाई झुर्रा बाझ भनिन्थ्यो । राजाले आफ्नो दरबारमा बाज पठाई दिने आदेश अनुरुप बाजको लागि पासो थाप्दा पासोमा शाहीबाज भाले नपरी पासोमा झुर्रा बाझ पोथी परेछ। शाहीबाज पार्न नसकेको झुर्रा बाझ पारेको खबर सहित पोथीलाई राजाको दरबारमा पठाएछन् । राजाले शाहीबाजको चाहना गरेको तर झुर्रा बाझ प्राप्त गरेकोले त्यस कोटको नाम पोथीबाजको नाम उल्टावाट बाझुर्राकोट राखेछन् । बाझुर्राकोटको नाम अपभ्रंश हुदै बाजुरीकोट भयो र त्यसै बाजुरी कोटको नामबाट बाजुरा रहेको किम्बदन्ति छ ।
बाजुरा जिल्लाको परिचय
भौगोलिक स्थिति
क्षेत्रफल ः २१८८ वर्ग कि.मि.
खेती योग्य जमिन ः २३३४५ हेक्टर (११।५ प्रतिशत)
खेती खेती नगरिएको जमिन ः ८८१३ हेक्टर
चरण क्षेत्र ः ३८०९५ हेक्टर
वन क्षेत्र ः ९८६४६ हेक्टर
अन्य ः ४२०९० हेक्टर
खाद्यान्नको अवस्था
३ महिना भन्दा कम खाना पुग्ने घरधुरी ३८।७ प्रतिशत
३ देखि ६ महिना सम्म खाना पुग्ने घरधुरी २७।४ प्रतिशत
६ देखि ९ महिना सम्म खाना पुग्ने घरधुरी ७।६ प्रतिशत
१२ महिना सम्म खाना पुग्ने घरधुरी ४।४ प्रतिशत
अन्य १४।१४ प्रतिशत
भुमी हिन ७।५ प्रतिशत
जन संख्या विवरण
कुल जन संख्याः १०८,७८१ (२०५८ सालको जनगणना अनुसार)
महिला ः५४९४७
पुरुषः ५३८३४
जम्मा घरधुरी संख्याः २०३७८
औषत परिवार संख्याः ५।३४
जन संख्या बृद्धिदर ः १।८२ प्रतिशत
औषत आयू ः ४१ बर्ष
जम्मा गा.वि.स. संख्याः २७
साक्षरता
साक्षरता प्रतिशत ः ३१।३०
महिला साक्षरता प्रतिशत ः १६।७
पुरुष साक्षरता प्रतिशत ः ४५।२
निजि क्षेत्रमा सञ्चालित स्नातक तहका क्याम्पसहरु ः ३ वटा
उच्च मा.वि. ः १२
मा.वि. ः ४१
नि.मा.वि. ः ४४
प्रा.वि. ः१६१
बाल विकास केन्द्र ः ः२२३ वटा
स्वास्थ्य
जिल्ला अस्पताल ः १ वटा
प्राथमिक स्वास्थ्य चौकी ः १ वटा
स्वास्थ्य चौकी ः ११ वटा
उपस्वास्थ्य चौकी ः १५ वटा
खाने पानी तथा बिजुली बत्तीको अवस्था
खानेपानीको पहुच भएको घरधुरी संख्या ः ८६।८६ ५
शौचालय रहेको घरधुरी संख्याः ः २१ ५
बिजुली बत्तिको सुविधा पुगेको गा.वि.स. ः ९ (बिद्युत प्रा.लि २ र साना जवि ७ वटा)
0 comments:
Post a Comment