Join us on Facebook Follow us on Twitter

share

Click

Friday, July 20, 2012

Badi Malika Darsan 2069 START AUG 2

अर्जुन शाह::ekantipur.com
बाजुरा,  - सिमसिमे झरी होस या मुसलधारे पानी ! त्यसैमा कठ्यागि्रदो जाडो, केही प्रवाह छैन त्यहाँ पुगेकाहरुलाई । एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्कोतिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध गरेपछि त्यस्ता झरी र वर्षाले के कुँड्याउथ्यो र मन !
हुन पनि धार्मिक आस्था र प्राकृतिक सुन्दरताको वयान गरी नसक्नु छ बडीमालिकाको । सुदूरपश्चिममकै मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्य मानिने यो क्षेत्र बाजुरामा अवस्थित छ । '१४ हजार फिट उचाईमा रहेको यस भूमिमा पुगेपछि त्यहाँ पुग्दा भोगेको दुःख कष्ट त्यसै हराउँछ,' टिकापुरका एकिन्द्र तिमिल्सिनाले बडीमालिकाको महत्व चर्चा गरे ।
त्यति अग्लो भूमिमा दर्जनौ समथर हरिया फाँटहरु । अग्लो भूमिका समथर फाँटहरुलाई स्थानीय भाषामा पाटन भनिन्छ । पाटनहरुमाथि फुलेका सप्तरङ्गी फुलहरु, त्यसैमाथि सेताम्मे भेडाका बथानहरुको रमणियताले कसको मन नलोभ्याउथ्यो र ! 'बडीमालिका पुगेपछि मन चङ्गा झै हुन्छ' कैलालीका सुरज श्रेष्ठ अनुभव सुनाउँछन् ।
बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीवेती भन्ने स्थान त झन अचम्मको छ । परापुर्वकालदेखि नै त्यहाँ रहेको खेत रोपिएको, धान, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यस बीचमा फालिएका बीउाका मुठाहरु जस्ताका तस्तै छन । उहिले भगवती र मैसासुर राक्षसको लडाई हुादा खेती लगाउँदै गरेका राक्षसलाई भगाएर यस्तो भएको किवदन्ती छ खेतीवेतीको  ।
डाँफे र मुनाल जस्ता हेरुहेरु लाग्ने दुर्लभ चराचुरुङ्गी, साथै कस्तुरी र झालर जस्ता लोपोन्मुख वन्यजन्तुको फुर्तिपन देख्दा त बडिमालिका पुगेका पर्यटक तथा तिर्थालुहरुका लागि सदा अविश्मरणीय रहिरहने बाजुराका तत्कालिन प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रशाद पाण्डे बताउँछन् ।
अझ, आस्तिकहरुका लागि त साच्चिकै भगवान प्रकट भाएको भान हुने भएपछि श्रद्धालुहरुको भक्ति र आस्थामा बडीमालिकाको महत्व उच्च छ । मागेको बरदान पुरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको हो । पुत्रलाभ, धन, विद्या वरवधु लगायतका वरदानहरु पुरा हुने भएकाले महिमा बढेको पुजारी भानुभक्त पाध्याले बताए ।
गंगा दशहरा र जनै पूणिर्मा गरी वर्षको दुई पटक बडिमालिकामा पुजाआजा हुन्छ । यसै बेला तिर्थालु तथा पर्यटकहरु यहाँ पुग्छन् । सदरमुकाम मार्तडीदेखि तीन दिनको पैदल हिडेपछि यहाँ पुगिन्छ । 






0 comments:

Post a Comment