८ साउन, सुर्खेत । लाटिकोइली-१ चारकुनेको माथिल्लो भागमा सञ्चालित राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले स्थानीय बासिन्दाको दैनिकीमा परिवर्तन ल्याएको छ । सुख्खा मौसममा पानीको अभाव हुँदा बाँझै हुने उक्त गाउँ अहिले तरकारी खेतीमय भएको छ । जिल्ला भू-संरक्षण कार्यालय सुर्खेतमार्फत सञ्चालित उक्त कार्यक्रममा वर्षातको पानी सङ्कलन गर्न चेक ड्याम निर्माण गरी त्यसमा जम्मा भएको पानीबाट तरकारी खेतीमा लगाउँदा उत्पादनमा वृद्धि भएको छ । आलु, काउली, गोलभेँडा, बोडी, काँक्रो, सिमी, लौकासहितको तरकारी उत्पादन हुने गरेको छ
आव २०६७/०६८ देखि चुरे राष्ट्रपति कार्यक्रम लागू भएको थियो । जिल्ला भू-संरक्षण कार्यालय सुर्खेतको सहयोगमा फलाँटे खोला उपभोक्ता संरक्षण समिति लाटिकोइली-१ ले कार्यक्रमलाई कार्यान्वयन गरेको हो एकसय ७० घरधुरी रहेको यस गाउँमा उक्त कार्यक्रमअन्तर्गत सिँचाइका लागि चेक ड्याम निर्माण, खोलामा जाली राखिएको छ । त्यसैगरी भिरालो ठाउँको पानीलाई बगेर खोलामा जाँदा भू-क्षय हुने भएकाले वषर्ात्मा तीव्र बेगमा झर्ने पानीलाई सङ्कलन गर्न सयवटा खाडल खनिएको समितिका अध्यक्ष पद्यमा खड्काले जानकारी दिनुभयो ।
सानो-सानो चिरा परेको ठाउँमा त्यहाँको माटो रोक्न बाँसको चेक पहिलो वर्ष ४० वटा निर्माण गरिएको थियो । सिँचाइ चेक ड्यामको संरक्षण क्षेत्रमा खयर, रिÝा, निम, कोइराला, साज, बाँस, सजिवन, अम्लिसोसहितका बिरुवा रोपिएको समितिका अध्यक्ष खड्काले जानकारी गराउनुभयो ।चरिचरनबाट रोकावट गर्नका लागि त्यस गाउँका समुदायलाई विभिन्न जातका घाँसका विरुवा रोपिएको छ । वर्षातको पानी सङ्कलन गरी पिउन र सिँचाइ गर्न १२ वटा घरमा पानी सङ्कलन टयाङ्की -घैटो) निर्माण गरिएको उपभोक्ता समूहका कोषाध्यक्ष कृपाराम रेग्मीले बताउनुभयो ।जिल्ला भू-संरक्षण कार्यालय सुर्खेतले लेखपराजुल, हरिहरपुर, छिन्चु, लाटिकोइली, मेहलकुना, साहारे, मालारानी, मैनतडा, रामघाट, छिन्चु, तातोपानी गाविसमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन भएको छ ।
यस कार्यक्रमबाट ७० वटा समूहका १४ हजार घरधुरी लाभान्वित भएको छन् । ३५ हजार बढी स्थानीय बासिन्दाले रोजगारी प्राप्त गरेको भू-संरक्षण कार्यालयका शिखर चपाइँले जानकारी दिनुभयो । रासस
0 comments:
Post a Comment