Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

अर्घाखाँची दुर्घटनाका मृतकमध्ये १३ जनाको परिचय खुल्यो

८ साउन, अर्घाखाँची । अर्घाखाँची जिल्लामा फोर्स गाडी दुर्घटनामा परी १५ जना मध्ये १३ जनाको परिचय खुलेको छ । दुर्घटनामा परेका ५ जना यात्रु गम्भीर घाईते भएका छन् ।
मृत्यु हुनेमा अर्घाखाँची बाँगीका गाडी मालिक नारायण प्रसाद पन्थी, कपिलवस्तु चन्द्रौटाका गाडी चालक राजेन्द्र चौधरी, सीतापुर-३ का सहचालक पदम क्षेत्री, अर्घाखाँची केरुङा घर भई जन सम्पर्क कार्यालय सन्धिखर्कमा कार्यरत मेघराज खनाल र दाङका कृष्ण चौधरी, वाङला देउरालीकी सीता बस्नेत, हंसपुर-१ की मीना नेपाली, कपिलवस्तु महेन्द्रकोट भेलाईका शारदा बेलवासे र ओमप्रकाश बेलवासे, जुकेना-२ की चेतकला न्यौपाने, ठाडा-९ की शान्ती अधिकारी, ढाकावाङ ५ का केशव थापा र खाचिकोटकी कमला पौडेल रहेका छन् । दुई जनाको परिचय खुल्न बाँकी रहेको र मृतकहरुको शव आफन्तलाई बुझाउने काम जारी रहेको प्रहरीले वनाएको छ ।
बुटवलबाट सन्धिखर्क जाँदै गरेको बा.२ ख.७९४८ नम्बरको फोर्स गाडी गोरुसीङे-सन्धिखर्क सडकखण्डको दह खोलामा आईतबार साँझ ५ बजे सडकबाट करीब २ सय मीटर तल खोलामा खसी दुर्घटना ग्रस्त भएको थियो ।
गाडीमा सवार यात्रुहरुमध्ये जीवित ५ जना यात्रुहरु पनि बोल्न सक्ने अवस्थामा नरहेको कारण घटना कसरी घट्यो भन्ने यकिन विवरण आउन बाँकी रहेको छ । घाईतेहरुको घाईते मध्ये ५ जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको जनाएको छ ।
सदरमुकाम सन्धिखर्कबाट ७ कि.मि. नजिकै रहेको दुर्घटना स्थलमा प्रहरी, नेपाली सेना र ठुलो संख्यामा पुगेका स्थानीय बासिन्दाहरुले उद्धार गरेका थिए । सवारी दुर्घटनामा एकै पटकमा १५ जनाले ज्यान गुमाए पछी अर्घाखाँची शोक मग्न भएको छ ।

0 comments:

Post a Comment