Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

श्रृखलावद्ध आक्रमणमा ८२ को मृत्यु

८ साउन, काठमाडौं ।

 इराकको राजधानी बग्दाद र आसपासका क्षेत्रमा भइको श्रृखलावद्ध आक्रमणमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ । मानिनेहरुमा अधिकांश सुरक्षाकर्मी रहेका छन् ।

विस्फोटमा १ सय ४० भन्दा बढी घाइते भएका छन् । बम विस्फोट सबैभन्दा बढी बग्दादबाट २० किलोमिटर उत्तरमा रहेको शहर ताजीमा भएको थियो । जहाँ २४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
शिया बाहुल्य रहेको सद्र जिल्लामा सरकारी कार्यालयलाई निशना बनाएर विस्फोट भएको छ भने किरकुरमा कम्तिमा ७ कार विस्फोट भएको छ । अधिकांश आक्रमणको निशाना सुरक्षाकर्मीलाई बनाइएको थियो । प्रहरी चौकी, सैनिक अड्डा र मोटर्समाथि आक्रमण भएको बताइएको छ ।

0 comments:

Post a Comment