९ साउन, काठमाण्डौं ।
रौतहट र बारामा जारी रहेको १४ औ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनलको खेल हुदै छ । सिमरामा दिउसो ४ बजे हुने खेलमा नेपाल आर्मी र बाकेले प्रतिष्पर्दा गर्ने छन् । प्रतियोगिता अन्र्तगत सोमबार भएका खेलमा विजयी बन्दै सशस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल पुलिस क्लव प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न क्वाटरफाईनल खेलमा एपिएफले झापालाई १२-० को फराकिलो अन्तरले हराएको थियो । यस्तै बाराको सिमरामा सम्पन्न अर्को क्वाटर फाईनलमा घरेलु टोलीलाई शुन्यको बिरुद्ध ५ गोलले हराउदै नेपाल पुलिसले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भईरहेको प्रतियोगितामा देशका विभिन्न २४ जिल्ला र तीन विभागीय सहित २७ वटा महिला टिमको सहभागीता छ ।

0 comments:
Post a Comment