Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

मध्यपश्चिममा १७ सय ५० शिक्षक अपुग


 बीरेन्द्रनगर, 
- क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले मध्यपश्चिम क्षेत्रमा विद्यार्थीको अनुपातमा १ हजार ७ सय ४७ जना शिक्षक अपुग रहेको जनाएको छ । मध्यपश्चिमका सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या ११ लाख ५२ हजार ८ सय २७ र कार्यरत शिक्षकको संख्या २८ हजार ७७ जना रहेको निर्देशनालयले बताएको छ ।
सरकारले एक शिक्षक बरावर तराईका जिल्लामा ५०, पहाड जिल्लामा ४५ र हिमाली जिल्लामा ४० जना विद्यार्थीको व्यवस्था गरेको छ ।
सरकारी मापदण्डलाई आधार मानेर एक शिक्षक बरावर सरदरमा ४५ जना विद्यार्थी भाग लगाउदा १ हजार ७ सय ४७ जना शिक्षक अपुग रहेको निर्देशनालयको भनाई छ ।
प्राथमिक,निम्न माध्यामिक र माध्यामिक तहमध्ये सवै भन्दा बढी निम्न माध्यामिक तहमा शिक्षक अपुग छ ।
निर्देशनालयले प्राथमिक तहमा विद्यार्थीको अनुपातमा करिव ३ हजार शिक्षक बढी भएपनि निम्न माध्यामिक तहमा भने १ हजार ६ सय ५ जना शिक्षक अपगु रहेको तथ्याक शाखाका नारायण पौडेलले बताउनुभयो ।
उहाले यस क्षेत्रमा रहेका मध्यामिक तहका बिद्यालयमा बिद्यार्थीको अनुपातमा १ सय ४२ जना शिक्षक अपुग रहेका समेत बताउनुभयो ।
शिक्षक अभाव भएका कतिपय विद्यालयमा सरकारले निशिच रुकम दिएर शिक्षकको व्यवस्था गरेको छ भने कतिपय बिद्यालयमा स्थानीय स्रोतबाटै शिक्षकहरु राखिएको छ ।
मध्यपश्चिममा प्राथमिक तहमा ५ लाख १६ हजार, निम्न माध्यामिक तहमा २ लाख ८० हजार, माध्यामिक तहमा १ लाख १४ हजार र उच्च माध्यामिक तहमा ४५ हजार बिद्यार्थी अध्यानरत छन ।
शुद्ध दरवन्दी, राहात र अनुदानमा गरी यस क्षेत्रमा प्राथमिक तहमा १९ हजार, निम्न माध्यामिक तहमा ४ हजार ६ सय, माध्यामिक तहमा २ हजार ७ सय र उच्च माध्यामिक तहका १ हजार ४ सय शिक्षक कार्यरत छन ।
मध्यपश्चिमा बिद्यार्थीको अनुपातमा प्राथमिक तहमा १६ हजार, निम्न माधमिक तहमा ६ हजार ३ सय र माध्यमिक तहमा २ हजार ६ सय शिक्षक आवश्यक पर्छ ।
क्षेत्रीय शिक्षा निर्देशक निरा शाक्यले क्षेत्रीय शिक्षा निर्देशनालयले आफनो मातहतका निकाय तथा विद्यालयहरुको अनुगमन मात्र तर शिक्षक पूर्तिको लागि भने केही गर्न नसक्ने दावी गर्नुभयो ।
उहाँले अपुग शिक्षक पुर्तिको लागि सम्बन्धीत जिल्ला शिक्षा कार्यालयले नै सोझै बिभागमा माग गर्न सक्ने जानकारी समेत दिनुभयो ।
सरकारले १ देखि ३ सम्म संचालन भएका बिद्यालयमा बिद्यार्थी थोरै भएपनि २ जना शिक्षक अनिवार्य हुने व्यस्वस्था गरेको छ ।
यस्तै ५ कक्षासम्म संचालन भएकोमा ३ जना, ८ कक्षासम्म संचालन भएकोमा ५ जना र १० कक्षा सम्म संचालन भएको विद्यालयमा ८ जना शिक्षकको दरवन्दी हुने व्यवस्था गरेको छ ।
यसरी हेर्दा यस क्षेत्रमा विद्यार्थीको अनुपात अपुग शिक्षकको संख्या अझ बढने सुर्खेतका जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले बताउनु भयो ।

0 comments:

Post a Comment