नवलपरासी, साउन
नव गठित नेकपा– माओवादीको भ्रातृ संगठन अनेरास्ववियु
क्रान्तिकारीले बन्दका बेला बिद्यालय सञ्चालन गरेको आरोप लगाउदै नवलपरासीको
चोरमारामा रहेको नवलपुर आवासीय उच्चमाविमा तोडफोड गरेको छ ।
विदेशी नाम राखेको र निजी उच्चमाविले लिएको शुल्कको बिरोधमा गरिएको
बन्दमा उच्च मावि सञ्चालन गरेको भन्दै चेतावनी स्वरुप प्याब्सन
नवलपरासीका अध्यक्ष भीमलाल अधिकारीको बिद्यालय नवलपुर आवासीय उच्च माविमा
तोडफोड गरेको क्रान्तिकारीका उपाध्यक्ष अशोक ज्ञवालीले जानकारी दिनुभयो ।
बन्द थाहा नपाएर बिद्यालय आएका बिद्यार्थी फर्काइएको भएपनि प्रतिसोध
मोल्न क्रान्तिकारीले आफ्नो बिद्यालयमा तोडफोड गरेको प्रिसिन्पल भीमलाल
अधिकारीले बताउनुभयो ।
बिद्यालय सञ्चालन नभएको अबस्थामा अफिसमा आएर तीन जना क्रान्तिकारीका जिल्ला नेताले लेखा शाखाको दराज, कम्प्युटर, चारवटा कुर्ची, फिल्टर तोडफोड गरेको बिद्यालयले जनाएको छ । यसैबीच नेकपा एमाले नवलपरासीका अध्यक्ष तिलक महतले आन्दोलनको नाममा बिद्यालयमा भएको तोडफोडको घटना अशोभनीय कार्य भएकाले तत्काल रोक्न आन्दोलनकारीलाई आग्रह गर्नु भएको छ । उहाँले बिज्ञप्ति जारी गर्दै बिद्यालयमा तोडफोडको श्रृखला बन्द हुनुपर्ने जनाउनु भएको छ ।
0 comments:
Post a Comment