Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

बैंकहरुमा मर्जरको लहर


काठमाडौं, साउन  - 

राष्ट्र बैंकले व्यवस्था गरेको २०७० सालसम्म पुँजी बृद्धि गर्नुपर्ने प्रावधान पुरा गर्न नसक्ने भएपछि बैंक तथा बित्तीय संस्थाहरुबीच एक अर्कामा गाभिने क्रम ह्वात्तै बढेको छ । यसक्रममा सुर्खेतमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीय स्तरको रारा बिकास बैक, पोखराको अपि फाईनान्स र काठमाडौंको रोयल मर्चेन्ट बैकिङ तथा फाईनान्सले सोमवार एक अर्कामा गाभिने सम्झौता गरेका छन् ।

यी तीन वटा सस्थाले गाभिएर राष्ट्रिय स्तरको बिकास बैकको रुपमा कारोबार गर्ने बताएका छन् । राष्ट्र बैकले ल्याएको २०७० साल सम्म बाणिज्य बैकले २ अर्ब रुपैयाँ, बिकास बैकले ६४ करोड रुपैयाँ र फाईनान्सले २० करोड रुपैयाँ  पुँजी पुर्‍याउनुपर्ने ब्यबस्था पुरा गर्न नसक्ने भएपछि बित्तीय संस्थाहरुमा एकअर्कामा गाभिने लहर चलेको हो ।

यसअघि एकदर्जन वित्तीय सस्था एकअर्कोमा गाभिईसकेका छन भने अझै दुई दर्जन बित्तीय संस्था गाभिने प्रकृयामा छन् । ग्लोबल बैक, आइएमई फाईनान्स र लर्डबुद्ध फाईनान्सले केहि दिन अघिदेखि ग्लोबल आइएमई बैकको रुपमा कारोबार शुरु गरिसकेका छन भने माछापुछ्र्रे बैंक र स्ट्यान्र्डड फाईनान्स पनि गाभिईसकेका छन ।

त्यस्तै एउटै समुहको लगानी रहेका दुई बाणिज्य बैकहरु एनआइसी र बैंक अफ एसिया पनि गाभिने प्रकृयामा छन् । तर गाभिने क्रम सबैभन्दा धेरै फाईनान्स कम्पनीमा देखिएको छ । गएको बर्ष ६ वटा फाईनान्स मर्जरमा गएका छन् ।

त्यस्तै दुईवटा फाईनान्स भने स्वेच्छिक खारेजमा जाने प्रकृयामा छन् । मर्कन्टायल र ईन्भेष्टा फाईनान्सले स्वेच्छिक खारेजीको लागि राष्ट्र बैकमा निबेदन दिईसकेका छन् ।

0 comments:

Post a Comment