Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

चमेलियाको सुरुङ्ग रि-डिजाईन गरिने


काठमाडौं, साउन ८ - चमेलिया जलविद्युत् आयोजनाको खनिसकेको सुरुङ्गको माथिल्लो भाग धसिने तथा भत्किने समस्या आएपछि पुनः योजना रि–डिजाईन गर्नुपर्ने भएको छ । ४ किलोमिटर लामो सुरुङ्गको  ५ सय ५० मिटर भाग साँघुरिए पछि रि–डिजाईन गरेर काम अघि बढाउनुपर्ने भएको हो ।

निर्माण पूरा भएको सुरुङ्गमा नयाँ समस्या देखिए पछि स्थलगत अध्ययन गरेको ईटालियन प्राविधिक टोलीले रि–डिजाईन गरेर सुरुङ्ग बनाउनुपर्ने सिफारिश गरेको नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक रामचन्द्र पाण्डेयले जानकारी दिनुभयो । सुरुङ्गको रि–डिजाईन गर्दा आयोजनाको काम भने ४ महिना पछि धकेलिने र ३० करोड रुपैंयाको हाराहारीमा थप लागत पर्ने स्रोतको भनाई छ ।

स्थलगत अध्ययन गरेको विज्ञ टोलीले भने हिमालयन रेञ्जको भौगोलिक अवस्थाका कारण सुरुङ्गको माथिल्लो भाग धसिएको ठहर गरेको छ । विज्ञ टोलीले दुई दिन अघि नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक प्रतिवेदन बुझाएर, खनिएको सुरुङ्गमा टेल्कोनाईज चट्टान भेटिएको र त्यो गंभिर समस्या भएको भनेको छ ।
चमेलियाको सुरुङ्गमा समस्या देखिएपछि विद्युत् प्राधिकरणले स्थलगत अध्ययनमा पठाएको ईटालियन विज्ञ टोलीले प्राविधिक प्रतिवेदन बुझाएको र एक हप्ता भित्रमा रि–डिजाईनको विस्तृत प्रतिवेदन बुझाउने प्राधिकरणका महाप्रबन्धक पाण्डेयले जानकारी दिनुभयो ।

३ अर्ब ४६ करोड रुपैंया लागतमा बन्न लागेको ३० मेटावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झण्डै ८० प्रतिशत काम सकिएको छ । सन् २०११ मै बनिसक्ने भनिएको चमेलियामा यसअघि दुई वर्ष समय थपिएको थियो । 

0 comments:

Post a Comment