काठमाडौं, साउन -
पत्रकारले महिलामाथी हिंसा गरेको उजुरी परेको भन्दै
प्रधानमन्त्री कार्यालयले डा रेनुराज भण्डारीको संयोजकत्वमा ६ सदस्यीय
छानविन समितिको गठन गरेको छ । हिमालयन टेलिभिजनका पत्रकार तथा कार्यक्रम
प्रस्तोता प्रकाशचन्द्र दहालसँग प्रेम विवाह भएको र अहिले आएर दाहालले
वास्ता नगरेको भन्दै जनकपुर घर भई काठमाडौंको तीनकुनेमा बस्दै आएकी प्रतिमा
शर्माले उजुरी गरेपछि प्रधानमन्त्री कार्यालयको महिला हिंसा विभागले
छानविन समिति गठन गरेको हो ।
समितीमा लैङ्गिक शशक्तीकरण विभाग इकाईका सल्लाहकार देवी खड्का, लैङ्गिक
विभागकै उप सचिव, प्रेस काउन्सिल नेपाल, पत्रकार महासंघ, संचार मन्त्रालयका
एक जना अधिकृत सदस्य छन् ।
हिमालय टेलिभिजनका कार्यरत पत्रकार प्रकाशचन्द्र दाहालद्वारा पीडित प्रतिमा शर्माको विषयमा ध्यानाकर्षण गराउन गएका महिला पत्रकारहरुस“ग प्रधानमन्त्रीले महिला हिंसा नियन्त्रण गर्नको लागि कानुनकै खा“चो रहेको बताउनुभयो ।
हिमालय टेलिभिजनका कार्यरत पत्रकार प्रकाशचन्द्र दाहालद्वारा पीडित प्रतिमा शर्माको विषयमा ध्यानाकर्षण गराउन गएका महिला पत्रकारहरुस“ग प्रधानमन्त्रीले महिला हिंसा नियन्त्रण गर्नको लागि कानुनकै खा“चो रहेको बताउनुभयो ।
‘मिडिया र चलचित्र क्षेत्रमा काम गर्ने महिलाहरुको अवस्था डर लाग्दो छ’, प्रधानमन्त्रीले भन्नुभयो ‘मिडियामा काम गर्ने महिलाहरुको अवस्थाप्रति सरकार गम्भीर छ ।’ महिला हिंसा तथा लैङगिक विभागकी सल्लाकार डा. रेणुराज भण्डारीले मिडियामा काम गर्ने महिलाहरुको अवस्था दयानीय भएको बताउनुभयो । भेटमा पीडित प्रतिमा शर्माले आफूलाई न्याय दिलाई दिनको लागि प्रधानमन्त्रीसँग अनुरोध गर्नुभयो ।
पत्रकार प्रकाशसँगको सम्बन्ध बारे प्रतिमाको भनाई उहाँकै शब्दमा
हाम्रो (प्रतिमा र प्रकाश) भेट टेलिफोन मार्फत ०६६। ०३ । २५ गते पहिलो भेट
भक्तपुरको दरवार स्क्वायरमा भएको थियो । त्यसपछि दाहाल र म ०६६ मंसिरमा
गडीमाइको मेलामा सँगै गएका थियौ । आर्थिक रुपमा कमजोर भएको भन्दै उसले मस“ग
हरेक बाहानामा पैसा माग्ने काम गर्दथ्यो । मैले पनि विश्वासमा परी उसलाई
वत्तिसपुतलीस्थित साकाम्बरी फाइनान्सबाट युनिकन मोटरसाईकल किनिदिए । दुवै
जनाको सहमतिमा ०६७ साल बैशाख १ गते भक्तपुरको दरबार स्क्वायरमै हाम्रो
विवाह भयो । विवाह गरेको केही दिनमै उसको बुबाको निधन भएछ ।
०६७ फागुन २ गते भ्यालेन्टाइन टाईमको दिन धुलिखेलमा गएर बस्यौ । धुलिखेलको बसाईबाटै उसले ममाथि मानसिक तनाब दिन सुरु गरेको थियो । तर मैले आफ्नो श्रीमान हो यस्तो भइ हाल्छ भन्दै सामान्य रुपमा लिदै आए ।
०६७ चैत्र २७ गते मैले उसलाई फोन गर्दा एक लाख रुपैया“ माग्यो । मैले
अहिले दिन नसक्ने बताएपछि फोन काट्यो । अनि मैले पैसा दिने विचार गरेर फोन
गरे तर फोन उठाएन । दिदीको मोबाइलबाट फोन गर्दा उठायो । १५/२० दिनको लागि
इण्डिया जान्छु आएपछि भेटौला भन्यो । तर जान्छु भनेको दुई दिनपछि मैले
उसलाई हिमालय टेलिभिजनको प्राइमस्टोरी कार्यक्रम सञ्चालन गरेको देखें ।
उसले टेलिभिजनमा समाचार बाचन पनि गर्न थाल्यो । त्यसपछि दिदीको साथमा म
टेलिभिजनमा गए । तर म व्यस्त छु भन्दै उसले भेटन मानेन ।
त्यसपछि मैले उसको दाई मार्फत उसले अर्को मोबाइल नम्बर पत्ता लगाएर
म्यासेज गर्न थाले । फोन उठाउन उ बाध्य भयो र ०६८ श्रावण अन्तिममा हिमालय
टेलिभिज नजिकै रहेको रेष्टुरेन्टमा हाम्रो भेट भयो । भेटमा मैले किन यस्तो
व्यावहार गरेको भन्दा उसले भन्यो ‘मैले तिमीस“ग दुइ बर्ष संगत गरेर गल्ती
गरे ।’
मेरो जिन्दगीमाथि दाग लागि सकेको छ । परिवारमा पनि सबैलाई थाहा नै छ । अब
मलाई कसले विवाह गर्छ भनि प्रश्न गर्दा उसले मैले गल्ती गरे त्यतिमात्रै
भनिरह्यो । त्यसपछि मलाई तीनकुने प्रहरी वृत्तबाट फोन आउन थाल्यो । फोनमा
गर्नेले ‘म डिएसपी बोलेको, तपाईको विरुद्धमा प्रकाशचन्द्र दाहालले मुद्दा
हालेको छ । तपाई प्रहरी कार्यालयमा आउनु’ भनेपनि म छक्क परें । म तीनकुने
प्रहरी कार्यालयमा गए तर त्यहा“को सईले म विरुद्ध मुद्दा नपरेको बताए ।
त्यसपछि बारम्बार मलाई फोनमार्फत प्रकाशकी श्रीमती भन्ने एउटी महिलाले फोन
गर्दै मानसिन तनाब र अनेक अपशब्द प्रयोग गर्न थालिन् । फोन गर्ने महिला
उसकी भाउजु रहिछिन । केही दिनपछि ९८४९०२८०६५ नम्बरबाट फोन गरेर उनकी
भाउजुले भेट्न बोलाइन । म गएँ । उनले महिला हिंसाविरुद्ध काम गर्नुपर्छ
भन्दै मलाई उत्साहित बनाइन । त्यसपछि मेरो साथीलाई उसले धम्क्याउन थाल्यो
‘त्यो केटीस“ग के प्रमाण छ ? यस्ता केटी त कति घुमाई सके’ भनेर सक्ने भए
कानुनी प्रक्रियामा जान धम्की दियो । न्यायको खोजीमा सबै ठाउँमा धाइ सके ।
तीन कुनेमा उसको विरुद्ध मुद्दा हाल्दा प्रकाशको ठाउँमा आफूलाई ठूलो
पत्रकार हु“ भन्ने सम थापाले आएर ‘बहिनी तिमीसँग केही प्रमाण छैन, तिमीसँग
उसले खाएको पैसा दिन्छ भनेर भन्यो ।’ मैले ‘तपाई र मेरो कुनै सम्बन्धै छैन
प्रकाशसँग कुरा गर्छु ।’ भने ।
पछि प्रहरी चौकीमा मेरा पनि आफन्त र प्रकाश तथा उसका आफन्तहरुबीच छलफल भयो
। सबैस“गको भेटमा उसले दुई बर्ष संगत गरेर मैले गल्ती गरेको स्वीकार
गर्यो । मेरो दिदीले ‘दुइ बर्षस“गै घुमेको मात्रै होइन प्रतिमालाई श्रीमती
बनाएर त्यसै छोड्न पाइन्छ, हामी प्रमाण छौ ।’ भनेपछि प्रकाशले खाएको
पैसा दिन्छु, श्रीमती बनाउन सक्दिन भनेपछि हाम्रो कुरो मिल्न सकेन । मैले
प्रहरी कार्यालयमा अब यो निवेदन सिडियो कार्यालयमा पठाईदिन अनुरोध गरे ।
तर प्रहरीले आज ५ बजिसक्यो भोली आउनुस भन्यो । प्रकाशले भोली दिउसो १
बजे आउछु भनेको थियो । मैले तीनकुने प्रहरी चौकीमा निरन्तर एक महिनासम्म
धाए तर प्रकाशलाई ल्याउने विषयमा प्रहरीले कहिले पनि चासो दिएन पुरै
वेवास्ता गर्दै गयो । प्रकाशले मलाई भनेको थियो ‘हेर म पत्रकार हु । मलाई
कसैले पनि केही गर्न सक्दैनन्, प्रहरीका ठूला मान्छे मेरो हातमा छन् के
गर्छेस । पत्रकारको अगाडी सबै डराउछन । त सँग के प्रमाण छ र विवाह गरेको
फोटो पनि मैले मेटाइसकेको छु ।’
मैले फेरी तीनकुने प्रहरी वृत्तमा प्रकाशको विरुद्ध अर्को मुद्दा दर्ता
गराए । प्रहरीले वास्ता नै गरेन । फेरी मैले कालिमाटी प्रहरी वृत्तमा
निवेदन दर्ता गराए । तर त्यहा“ पनि पत्रकार भएको कारणले केही गर्न नमिल्ने
भन्दै प्रहरी पन्छियो । पछि थाहा भयो प्रकाशलाई प्रहरीले त्यसै किन छाडको
रहेछ भनेर सम थापाको क्षेत्रीय नाता पर्ने डिएसपी वीर वहादुर ओलीको कारणले
गर्दा प्रकाश पक्राउ नपरेको रहेछ ।
अब मेरो माग छ दोषी प्रकाश चन्द्रले मेरो जिन्दगीमाथि गरेको क्षतिपूर्ति
दिनुपर्छ । यदी पत्रकार भएकै आधारमा दोषीलाई कारवाही हु“दैन भने पत्रकारले
जे पनि गर्न हुने हो ? त्यसकारण मेरो जिन्दगी बर्बाद पार्ने प्रकाशचन्द्र
दाहाललाई कारवाही गरी पाऊ । प्रकाशलाई संरक्षण गर्ने हिमालय टेलिभिजनका
सञ्चालक ललितकुमार अग्रवालमाथि पनि कारवाही गरी पाऊ भन्ने मेरो माग छ ।
किन भने प्रकाशको विषयमा विभिन्न मिडियामा समाचार प्रकाशन भएपनि अग्रवालले
अहिलेसम्म संरक्षण दिदै आएका छन ।
स्मरण होस कोही केटीले पनि आफ्नो लोग्ने नभई लोग्ने भनेर दाबी गर्ने
हिम्मत गदैनन । मबाट कसैको पनि चरित्र हत्या गर्ने काम भएको छैन । मेरा
माग यति हो, प्रकाशले श्रीमती बनाएपछि श्रीमतको रुपमा स्वीकार गर्दै
मानापाथी भर्नु पर्यो । यदि पत्रकार भएकै कारणले गदौ प्रकाशले मेरा
जीवनमाथि गरेको कुकृत्यको सजाए दिइदैन भने मैले हिमालय टेलिभिजनमा गएर
हात्महत्या गर्ने निर्णय लिइ सकेको छु ।
प्रकाशको भनाई
प्रकाशले भने प्रतिमा आफ्नो श्रीमती नभएर साथी मात्र भएको दावी गर्दै आएका छन् । प्रतिमासँग विवाह नै नभएको प्रकाशको दावी छ । प्रतिमाको उजुरीपछि प्रकाशलाई कारवाही गराउन पहल गरेको राष्ट्रिय महिला अयोगले आफ्नो मानहानी गरेको भन्दै आयोगविरुद्ध गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।
प्रकाशको भनाई
प्रकाशले भने प्रतिमा आफ्नो श्रीमती नभएर साथी मात्र भएको दावी गर्दै आएका छन् । प्रतिमासँग विवाह नै नभएको प्रकाशको दावी छ । प्रतिमाको उजुरीपछि प्रकाशलाई कारवाही गराउन पहल गरेको राष्ट्रिय महिला अयोगले आफ्नो मानहानी गरेको भन्दै आयोगविरुद्ध गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।
0 comments:
Post a Comment