Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

क्यासिनोमा घर हारेपछि चलचित्र निर्देशकद्वारा आत्महत्याको प्रयास

 काठमाडौं, साउन  - 


चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले बिष सेवन गरि आत्महत्याको प्रयास गरेका छन् । देउजाले सोमबार रेडबुलमा बिष मिसाएर खाएको नेपाल मेडिकल कजेलले जनाएको छ । विष खाएर जगडोलमा अचेत अवस्थामा रहेका देउजालाई गस्तीमा गएको प्रहरीले फेला पारेर अस्पताल लगेको थियो । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको रंग पत्रकार प्रकाश सुवदीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उनले करिव एक दर्जन चलचित्रको निर्देशन गरिसकेका छन् ।

 उनले रक्षक, हिफाजत, छबिलाल कञ्जुस छैन लगायतका चलचित्र निर्देशन गरेका छन् । उनीद्वारा निर्देशित चलचित्र मुना मदन अहिले प्रर्दशनमा छ । स्रोतका अनुसार केही दिन अघि काठमाडौंको एक क्यासिनोमा कपनमा आफू बस्दै आएको घर नै हारेपछि देउजाले आत्महत्या प्रयास गरेका हुन् । क्यासिनोमा ठुलो रकम हारेका देउजाले घर नै राखेर जुवा खेलेको स्रोतको दावी छ । देउजा नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा सहायक निर्देशकको रुपमा कार्यरत छन् ।

0 comments:

Post a Comment