Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

मकवानपुरमा संबन्धविच्छेद बढ्यो


 हेटौडा, साउन ९ –
 मकवानपुरमा केही वर्षयता संबन्ध विच्छेदका घटनाहरु बढेका छन् । जिल्ला अदालतमा आर्थिक वर्ष ०६८/०६९ मा १ सय १९ वटा मुद्दा दर्ता भएका थिए । त्यसैगरी आर्थिक वर्ष ०६७/०६८ मा १ सय ३ वटा संबन्ध विच्छेदका मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

घर परिवार र श्रीमानले हिंसा गर्ने र श्रीमानले अर्की श्रीमति ल्याएपछि संबन्ध विच्छेदका लागि महिलाहरुले अदालतमा उजुरी दिने गरेका छन् ।

सम्बन्ध बिच्छेद गर्न पुरुषहरुलाइ गाबिसदेखि सिफारिस ल्याउनुपर्ने जस्ता झन्झट हुने र महिलाहरु सिधै अदालतमा आएर उजुरी दिए फैसला हुने भएकाले अधिकांश महिलाहरुले सम्बन्ध बिच्छेदका लागि उजुरी दिने गरेका अदालतका तहसिलदार शिबप्रसाद बन्जराले बताउनुभयो । संबन्ध विच्छेदको मुद्दाहरु बर्षेनी बढेको उहाँले बताउनुभयो ।

0 comments:

Post a Comment