७ साउन, काठमाडौं ।
धनुषाको औहरीमा प्रहरीसँगको भिडन्तमा एक हतियारधारीको मृत्यु भएको छ । गस्तीमा गएको प्रहरी टोलीमाथि औहरी-१ मा आक्रमण गरेपछि गरिएको जवाफी कारवाहीमा तारापट्टी सिर्सिया-१ का हरेशिव यादवको मृत्यु भएको हो ।
मृतकको साथबाट एक थान कटुवा पेस्तोल, २ राउण्ड गोली, गोली फायर भएको खोका एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा समाजवादीसँग आवद्ध रहेका यादव रेल वेका तत्कालिन प्रमुख सुरेश यादव लगायतका हत्यामा संलन रहेको अभियुक्त भएको प्रहरीले बताएको छ ।
0 comments:
Post a Comment