विश्वमा इन्टरनेटमा अपलोड भएको पहिलो तस्वीर कुन होला ? वास्तवमा सबैको चासोको विषय बन्न सक्छ । अझ चासोको विषय कति वर्ष पहिले विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको होला ?
इन्टरनेट जगतमा यतिधेरै चमत्कार आइसकेको छ की निकै छोटो समयपनि पनि कल्पना गर्न नसकिने सामाग्रीहरु अपलोड भैसकेका छन् र विश्व नै निकै नजिक बनेको छ । तर वास्तवमा इन्टरनेटमा पहिलोपटक तस्वीर अपलोड भएको २० वर्ष मात्र पुगेको छ ।
सन् १९९२ को १८ जुलाइका दिन विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको थियो । डब्लु डब्लु डब्लु अर्थात् बेवको निर्माणमा जुटेका स्विजरल्याण्डको जेनेभास्थित सर्न प्रयोगशालाका वैज्ञानिक इन्टरनेटमा तस्वीर अपलोड गर्न सक्षम भएका थिए । वेबका जन्मदाता टिम बान्र्स ली ले १८ जुलाई सन् १९९२ मा अपलोड गरेका थिए । र यसरी पहिलोपटक इन्टरनेटमा आफ्नो तस्वीर अपलोड गराएर भाग्यमानी बनेको थियो चर्चित सांगितिक ब्याण्ड ‘ लेस हरिबल्स सर्नेट’ । सर्न कै कर्मचारीले स्थापना गरेको उक्त सांगितिक ब्याण्डका महिला सदस्यहरुको तस्वीर थियो त्यो । ली ले बेवसाइटको निर्माण सफल भए नभएको परीक्षण गर्न उक्त तस्वीर अपलोड गरे र सफल पनि भए ।
स्मरण रहोस् इन्टरनेटमा पहिलोपटक तस्वीर अपलोड भएको २० वर्ष पुगेको अवसरमा उक्त ब्याण्डले हालै जेनेभामा आफ्नो अन्तिम सांगितिक कार्यक्रम पनि गरेको छ । सन् ६० को दशकमा चर्चित रहेको उक्त महिला ब्याण्डको संगित सँगै विश्वमा सूचनाप्रविधिको विकाशमा पनि योगदान रहेको बताइन्छ ।
0 comments:
Post a Comment