काठमाडौ, साउन ८ –
धेरैजसो उच्च माध्यमिक बिद्यालयहरुको भौतिक संरचना मापदण्ड बिपरित भएको पाइएको छ । उच्च माध्यमिक शिक्षा परिषद्को बिद्यालय अनुगमन कार्यदलले गरेको प्रारम्भिक अनुगमनमा यस्तो भेटिएको हो । भान्छा कोठामा प्रयोगशाला बनाइएको समेत भेटिएको छ । उच्च माविले बिज्ञापनमा उल्लेख गरे अनुसारका खेल मैदान, पुस्तकालय, र कम्यूटर प्रयोगशाला व्यवस्थित नभएको फेला परेको छ । कार्यदलका सदस्य प्रकृति अधिकारीका अनुसार छात्रवृत्तिमा पढ्ने बिद्यार्थीहरुबाट समेत शुल्क लिइएको भेटिएको छ ।
त्यस्तै केही बिद्यालयहरुले ११ कक्षामा भर्ना भएका बिद्यार्थीबाट १२ कक्षामा समेत भर्ना शुल्क लिएको शिक्षा पत्रकार सञ्जालका अध्यक्ष तथा कार्यदलका सदस्य अधिकारीले बताउनुभयो । अभिभावक, पत्रकार, शिक्षक र सरकारी कर्मचारी रहेको अनुगमन कार्यदलले काठमाडौ उपत्यकाका नीजि उच्च माध्यमिक बिद्यालयको अनुगमन गर्दै आएको छ । धेरैजसो उच्च माविले मनोमानी शुल्क लिने गरेको पाइएको कार्यदलका सदस्य सुप्रभात भण्डारीले जानकारी दिनुभयो । अहिले दुई टोली बनाएर उच्च माविहरुको अनुगमन गरिँदैछ । केही दिनपछि संयुक्त टोली बनाएर बाँकी बिद्यालयको अनुगमन गरिने भण्डारीले बताउनुभयो ।

0 comments:
Post a Comment