Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

आसाममा हिंसा भड्किँदा १७ जनाको ज्यान गयो

साउन ८ –
भारतको आसाममा भड्किएको साम्प्रदायिक हिंसामा १७ जनाको ज्यान गएको छ । आसामको कोकराझाडमा दुई समुदायबाट सुरु भएको हिंसा अहिले छिमेकी जिल्ला चिरांगमा पनि फैलिएको प्रहरीले जनाएको छ । हिंसालाई नियन्त्रणमा लिन प्रहरी र सुरक्षाफौजको तैनाथी बाक्लो पारिएको छ । हिंसा रोक्ने क्रममा हतियारधारी समूहले प्रहरीमाथि गोली चलाएको र प्रहरीले जवाफी कारबाही गरेको अधिकारीहरुले बताएका छन् ।
त्यस क्रममा ५ जना प्रहरी सहित २० जना घाइते भएका छन् । आसामका मुख्य मन्त्री तरुण गोगोईले हिंसा रोक्नका लागि कडा कदम उठाउन प्रशासनलाई निर्देशन दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिंसा फैलदै गएपछि स्थानीय प्रशासनले ३७ वटा राहत शिविर सञ्चालन गरेको छ । जसमा ३५ हजारले शरण लिइरहेको अधिकारीहरुले बताएका छन् ।

0 comments:

Post a Comment