२ साउन, चितवन । सुरक्षाको माग गर्दै
आन्दोलनमा उत्रिएका चिकित्सकले आव्हान गरेको अस्पताल बन्द आज तेस्रो दिनपनि
जारी रहेको छ । पछिल्लो समयमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमणका
घटना बढीरहेकाले सुरक्षाको माग गर्दै चिकित्सकहरुले आईतबार देखि आकस्मीक
बाहेकका सबै सेवा बन्द गराएका छन् ।
स्थानिय प्रशासनसँग आफ्ना मागका बारेमा आज
छलफल गरि आन्दोलनका कार्यक्रमको तय गरिने नेपाल चिकित्सक संघ चितवनका सचिव
डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
आक्रमणको क्रम बढेकाले अस्पताल बन्द गर्न वाध्य भएको नेपाल चिकित्सक संघ चितवनले जनाएको छ ।
चितवन सहित बाहिरि जिल्ला बाट उपचारका
लागि बिरामी आउने गरेको चितवनमा अस्पतालहरु बन्द हुदा बिरामी मर्कामना
परेका छन् । उनीहरुले बन्दको बिकल्प खोज्न चिकित्सकहरुलाई आग्रह गरेका छन् ।
0 comments:
Post a Comment