२ साउन, दाङ । स्वेच्छिक अवकास रोजेका
माओवादीका पूर्व लडाकूहरुले दाङमा पहिलो पटक साबुन उद्योगको स्थापना गरेका
छन् । तीनजना पूर्वलडाकु कृष्ण रोकाय, देवबहादुर विक र सुदीप तामाङ मिलेर
बिजौरी गाउँ विकास समितिमा सृजना साबुन उद्योगको स्थापना गरेका हुन् ।
स्वेच्छिक अवकाश रोजेपछि पाएको रकमबाट
सावुन उद्योग स्थापना गरेको उनीहरुले बताएका छन् । आठ लाख रुपैयाँको लागतमा
स्थानीय एक व्यक्तिको जग्ग्ाा पाँच वर्षका लागि ‘लिज’मा लिएर उद्योग
सञ्चालन गरिएको हो ।
हाल लुगाधुने -डल्लो) साबुनमात्र उत्पादन
गरेको सो उद्योगले अब छिट्टै अन्य प्रकारका साबुन उत्पादन गर्ने दाङ घर
भएका देवबहादुर विकले बताउनुभयो ।
समाजमा सकारात्मक सोचको विकास गर्न र
युद्धको घाउ बिर्साउन आफूहरुले यो उद्योग स्थापना गरेको अर्का उद्योग
सञ्चालक काठमाडौँका सुदीप तामाङले बताउनुभयो । यसैबीच, उद्योगको सोमबार एक
कार्यक्रमबीच उदघाट्न गरिएको छ ।
नेपाल उद्योग वाणिज्य सङ्घ, तुलसीपुर का
अध्यक्ष टेकनप्रसाद बस्नेतले उद्योगको उद्घाटन गर्दै जिल्ल्ाामा साना तथा
घरेलु उद्योगको सम्भावना बढी रहेको बताउनुभयो ।
0 comments:
Post a Comment