२ साउन, काठमाण्डौं । धादिङ र नवलपरासीमा
भएको सवारी दुर्घटनामा परी बेपत्ता भएकाहरुको खोजीकार्य आज पनि जारी रहेको छ
। विहानैदेखि स्थानियबासी, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले
खोजी कार्य जारी राखेको छ ।
कटारीबाट ५२ जना भन्दाबढी यात्रु लिएर
काठमाण्डौं आउँदै गरेको यात्रुबाहक बस सोमबार बिहान धादिङको धुषा १ स्थित
कृष्णभिरबाट त्रिशुली नदीमा खस्दा १७ जनाको मृत्यु भएका छ भने १५ जना
घाइतेहरुको उपचार भईरहेको छ । घाइतेले दिएको जानकारी अनुसार अझै केही
बेपत्ता भएकाले उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । अविरल
बर्षाका कारण खोलामा पानीको सतह बढेका कारण उद्दारकार्यमा कठिनाई भइरहेको
उद्दारकार्यमा खटिएकाहरुले बताएका छन् ।
त्यस्तै नवलपरासीको त्रिवेणी स्थित भारतीय
गण्डक नहरमा आईतबार तीर्थयात्रु बोकेका बस खस्दा हराईरहेकाहरुको पनि आज
विहानैदेखि खोजी कार्य जारी रहेको छ । नहरको पानी सुकाएर खोजीकार्य जारी
राखिने प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका मध्ये ४० जनाको शब भेटिएको र १० जनाकालाई सकुशल उद्दार गरि उपचार भइरहेको छ ।
बोलबम धामको लागी सिमावर्ती झुलनीपुरबाट त्रिवेणीतर्फ जाँदै गरेको लु १ ख २३ ५६ नम्बरको बस नहरमा खस्दा दुर्घटना भएकेा थियो ।
0 comments:
Post a Comment