सिरहा, साउन २ – सशस्त्र डाका समूहले मंगलबार विहान सिरहाका छुट्टाछुट्टै
तीन घरमा करिब १५ लाख रुपैयाँको धनमाल लुटपाट गरेको छ । डाका समूहकै
आक्रमणमा एकजना महिला घाइते भएकी छन् । डाँकाहरुले चन्द्रोदयपुर ९
गोविन्दपुरका मोहमद मुसलिम रायनको घरबाट एक लाख ४५ हजार रुपैयाँ, १५ तोला
सुन, १८ किलो चाँदी, ल्यापटप, भिडियो क्यामेरा, मोवाइल लुटपाट गरेको
पीडितले जानकारी दिनुभएको छ ।
प्रतिकार गर्न खोज्दा डाँकाहरुले रायनकी श्रीमती रमिता खातुनमाथि खुकुरी
प्रहार गरेको छ । खातुनको दायाँ पाखुरामा चोट लागेको छ । उहाँको मिर्चैयामा
उपचार भइरहेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर राजकुमार कार्कीले
जानकारी दिनुभयो । डाकाहरुले मोहमद इसरायल रायनको घरबाट डाकाहरुले ४० हजार
रुपैयाँ, २ तोला सुन, एक सय ४० तोला चाँदी लुटेर लगेको प्रहरीले जनाएको छ ।
हतियार सहित आएका डाकाहरुले चन्द्रलालपुर– २ का राजकुमार श्रेष्ठको घरबाट
७७ हजार रुपैयाँ, चार तोला सुन, २५ तोला चाँदी, भिडियो क्यामेरा, दुईवटा
मोवाइल लुटेर लगेको श्रेष्ठले जानकारी दिनुभयो । मुख छोपेर साइकलमा आएका
१०/१२ जना डाकाहरुले पेस्तोल देखाएर धम्याउँदै विहान २ बजे श्रेष्ठको घरमा
गरेको हो ।
तीनवटै घरमा एकै समयमा लुटपाट भएको प्रहरीले जनाएको छ । एकैपटकमा तीन÷तीन
ठाउँमा डकैती हुँदा समेत प्रहरीले अहिलेसम्म लुटेरा पक्राउ गर्न सकेको छैन ।
प्रहरी इन्सपेक्टर राजकुमार कार्कीले भन्नुभयो, ‘हामी अनुसन्धान गरिरहेका
छौं, डाकाहरुलाई पक्रेरै छाड्छौं ।’
0 comments:
Post a Comment